2026-10-09 03:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन

2026-10-09

काठमाडौँ | पोखरा महानगरपालिका–२८, माझठानाबाट विद्यार्थी बोकेर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनाबारे छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ। नगरप्रमुख धनराज आचार्यका अनुसार दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन, घटनासँग सम्बन्धित तथ्यको अध्ययन गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन आवश्यक सुधारका उपाय सुझाउन समिति गठन गरिएको हो।

महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य छन्। समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। साथै, विद्यालयका सवारीसाधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन तथा सम्भावित दुर्घटना न्यूनीकरणका लागि अपनाउनुपर्ने सावधानीबारे सुझाव दिन पनि समितिलाई भनिएको छ। माझठानाबाट विद्यार्थी बोकेर आउँदै गरेको उक्त बस पोखरा महानगरपालिका–२८ स्थित कालिकाको ओख्ले भीरमा दुर्घटनामा परेको थियो। नगरप्रमुख आचार्यका अनुसार दुर्घटनाका बेला बसमा विद्यार्थी, चालक र सहचालक गरी १९ जना सवार थिए। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य घाइते उपचाररत छन्।

विद्यार्थीको सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै नगरप्रमुख आचार्यले विद्यालयका सवारीसाधनको नियमित प्राविधिक जाँच, सुरक्षा मापदण्डको कडाइका साथ पालना र प्रभावकारी अनुगमन गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ