2026-11-01 11:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक

2026-10-09

काठमाडौँ | काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर भाडामा लिएर सुनको अवैध ओसारपसार र कारोबार गर्ने तीन जना चिनियाँ नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै प्रहरीले तीन जना चिनियाँ नागरिकलाई सार्वजनिक गरेको हो । पक्राउ पर्ने चिनियाँ नागरिकमा जियाङ्सु, ग्वाङडोङ स्थायी ठेगाना भई हाल बूढानीलकण्ठ बस्दै आएका २७ वर्षीय हान फेई, ४७ वर्षीय झोउ लोङकिन र ३७ वर्षीय वाङ जियानझेन रहेका छन् ।

विशेष सूचनाका आधारमा सूक्ष्म निगरानी बढाउँदै उनीहरुलाई ‘अपरेशन ब्राभो गोल्फ’ कारवाही अन्तर्गत बिहीबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरूको साथबाट अवैध सुन, नगद, ओसारपसारमा प्रयोग गरिएको गाडी, सुन प्रशोधनमा प्रयोग हुने मेसिन तथा उपकरणहरू र विभिन्न कागजातहरू बरामद गरेको छ । प्रहरीले कानुनी बमोजिमका प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएका अभियुक्तहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द