
काठमाडौँ | सरकारले बिटौरी जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकका नाममा जग्गा दर्ता गर्ने प्रक्रिया सहज बनाउन समिति गठन गर्ने निर्णय गरेको छ।
१. विश्व बैंकसँग नेपाल भूकम्प विपद् ऋणपत्रसम्बन्धी अधिकारपत्र सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने।
२. बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्नेसम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने।
३. जापानको आइची–नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने महिला कबड्डी तथा कराते खेलका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने।
४. नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने।