2026-11-01 11:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ

2026-10-10

काठमाडौँ | इजरायलमा रोजगारीका लागि पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कालाई पक्राउ गरेको हो। सीआईबीका अनुसार इजरायल पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको प्रकरणमा उनको संलग्नता देखिएपछि पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।

खड्का नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार हुन्। महाधिवेशनअन्तर्गत मतदान सम्पन्न भए पनि उनको मतपरिणाम सार्वजनिक हुन बाँकी छ। उनी खुला महिला समूहबाट केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गरिरहेकी थिइन्। यसअघि यही प्रकरणमा सीआईबीले ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ, कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी बालिका शिवाकोटीलाई पक्राउ गरेको थियो। खड्काको पक्राउसँगै यस घटनामा पक्राउ पर्नेको सङ्ख्या पाँच पुगेको छ।

प्रहरीका अनुसार नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौताअन्तर्गत सन् २०२४ मा भएको केयरगिभर छनोट प्रक्रियामा सफल हुन नसकेका व्यक्तिलाई इजरायल पठाइदिने भन्दै रकम उठाइएको आरोप छ। यस प्रकरणमा १५६ जनाबाट दुई करोड ५० लाख रुपैयाँ ठगी भएको भन्दै उजुरी परेको छ। खड्काको संलग्नता र घटनामा उनको भूमिकाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द