2026-11-01 02:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा

2026-10-10

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिँदो विश्व परिवेश र कृत्रिम बौद्धिकताको होडबाजीसँग जुध्न नेपालले शिक्षा र मानव संशाधनमा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् । शनिबार (असोज २४) काठमाडौँको चाबहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयको हीरकजयन्ती समारोहमा उनले विद्यालय तहको सिकाइमा देखिएको गम्भीर संकट समाधान गर्दै विद्यार्थीलाई भविष्यका निम्ति सक्षम बनाउनुपर्ने बताएका हुन् ।

थापाले विगतमा शिक्षा र स्वास्थ्यलाई सामुदायिक सम्पत्तिका रूपमा स्थापित गर्ने मौका गुमाएकामा चिन्ता व्यक्त गरे । वर्तमान शिक्षण सिकाइ विधिलाई परिमार्जन गर्न जरुरी रहेको उनले उल्लेख गरे । अबको युगमा के सिकाउनेभन्दा पनि कसरी सिक्ने भन्ने सिकाउनु महत्त्वपूर्ण रहेको उनले बताए । उनले केही वर्षभित्रै प्रत्येक विद्यार्थीसँग एआई ट्युटर हुन सक्ने सम्भावना औँल्याए । प्रविधिले ल्याउने द्रुत परिवर्तनसँगै विद्यार्थीलाई विश्व नागरिकका रूपमा तयार पारिनुपर्नेमा उनले जोड दिए । “आज विश्व कृत्रिम बौद्धिकता र प्रविधिको तीव्र परिवर्तनबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा हाम्रा बालबालिकालाई गुणस्तरीय शिक्षा, सिक्ने सीप, आत्मविश्वास र मानसिक दृढता दिनु हाम्रो प्रमुख दायित्व हो,” उनले भने, “उनीहरूलाई आफ्नो संस्कार र माटोसँग जोड्दै विश्व नागरिकका रूपमा तयार गर्नुपर्छ ।”

उनले स्थानीय माटोको संस्कार र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमताको सन्तुलन मिलाउनुपर्ने बताए । देशको सबभन्दा ठूलो तागत जलस्रोतभन्दा पनि ‘ह्युमन रिसोर्स’ (मानव संशाधन) भएको उनले उल्लेख गरे । “हाम्रो सबैभन्दा ठूलो लगानी विद्यालय र बालबालिकामा हुनुपर्छ, किनकि हाम्रो सबैभन्दा ठूलो शक्ति मानव संशाधन हो,” उनले भने । सभापति थापाले पार्टीको महाधिवेशनबाट निर्वाचित भएपछिको पहिलो सार्वजनिक कार्यक्रम आफ्नै गाउँ र आफूलाई हुर्काउने विद्यालयकामा सहभागी हुन पाएकामा खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द