2026-11-01 11:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल

2026-10-10

काठमाडौँ | नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार उल्टो बाटोमा हिँडिरहेको आरोप लगाएका छन्। नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकार सुशासन, सेवा प्रवाह र लोकतान्त्रिक अधिकारका विषयमा आफ्नै प्रतिबद्धताबाट पछि हटेको बताएका हुन्।

निर्वाचनबाट दुई तिहाइको समर्थनमा सरकार बने पनि यसको कार्यशैलीले राजनीतिक स्थायित्व र सुशासनप्रति आश्वस्त पार्न नसकेको उनको भनाइ छ। गठन भएको छ महिनामै सरकार सुशासन र सेवा प्रवाह सुधारका बाचाबाट पछि हट्न थालेको उनले आरोप लगाए। चुनावी बेला सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र सार्वजनिक सेवा प्रवाहलाई तीव्र बनाउने प्रतिबद्धता जनाए पनि वर्तमान सत्तारूढ दल अहिले ती बाचा कार्यान्वयन गर्नुको सट्टा उल्टो दिशामा अघि बढेको महासचिव पोखरेलले दाबी गरे। सरकारले अनलाइनबाट सेवा दिने भने पनि यसअघि नै अनलाइनमा गइसकेका कतिपय सेवा पुनः कागजी प्रक्रियामा फर्काउन थालेको उनले बताए।

विशेषगरी विद्युतीय बोलपत्र (ई–बिडिङ) प्रणालीलाई पुनः कागजी प्रक्रियामा लैजाने तयारी गरिएको उल्लेख गर्दै उनले यसबाट ठेक्कापट्टामा शक्तिशाली समूहको हस्तक्षेप र अनियमिततालाई प्रोत्साहन गर्न खोजिएको बताए। विगतमा ठेक्कापट्टामा पहुँच र शक्तिका आधारमा प्रतिस्पर्धीलाई बोलपत्र दर्ता गर्नसमेत रोक लगाउने प्रवृत्ति नियन्त्रण गर्न विद्युतीय प्रणाली लागू गरिएको उनको भनाइ थियो। कार्यक्रममा आफ्नो भनाइ राख्दै महासचिव पोखरेलले भने, ‘अगाडि बढ्ने कुरा छोड्दिनुस्, सेवा प्रवाह लाइन लाग्नुपर्दैन भनियो र सबै कुरा अनलाइनमा भन्ने नारा लगाइयो तर हिजोको सरकारले बनाइसकेका कतिपय अनलाइन सेवाहरू आज फेरि कागजी प्रक्रियामा फर्कँदै छन्। ई–बिडिङ कागजी प्रक्रियातर्फ फर्कनुको अर्थ सुशासनका प्रश्नमा उनीहरू असफल भए भन्ने सन्देश हो। ई–बिडिङमा समस्या देखियो भन्दैमा फेरि कागजी प्रक्रियामा जाने भनेको समाजमा डन गिरीलाई प्रोत्साहित गर्ने बाटोमा सरकार जाँदैछ भन्ने देखिन्छ।’ नयाँ काममा समस्या उत्पन्न भएमा त्यसको समाधान खोज्नुपर्ने तर यसरी पछाडि फर्कनु सरकारको असफलताको सङ्केत भएको उनले स्पष्ट पारे।

यसका साथै उनले सरकारले विश्वविद्यालय र कलेजमा विद्यार्थी संगठनका गतिविधि रोक्ने तथा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पदाधिकारीलाई समेत गतिविधि गर्न नदिई लोकतान्त्रिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द