2026-10-10 05:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल

2026-10-10

काठमाडौँ | नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार उल्टो बाटोमा हिँडिरहेको आरोप लगाएका छन्। नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकार सुशासन, सेवा प्रवाह र लोकतान्त्रिक अधिकारका विषयमा आफ्नै प्रतिबद्धताबाट पछि हटेको बताएका हुन्।

निर्वाचनबाट दुई तिहाइको समर्थनमा सरकार बने पनि यसको कार्यशैलीले राजनीतिक स्थायित्व र सुशासनप्रति आश्वस्त पार्न नसकेको उनको भनाइ छ। गठन भएको छ महिनामै सरकार सुशासन र सेवा प्रवाह सुधारका बाचाबाट पछि हट्न थालेको उनले आरोप लगाए। चुनावी बेला सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र सार्वजनिक सेवा प्रवाहलाई तीव्र बनाउने प्रतिबद्धता जनाए पनि वर्तमान सत्तारूढ दल अहिले ती बाचा कार्यान्वयन गर्नुको सट्टा उल्टो दिशामा अघि बढेको महासचिव पोखरेलले दाबी गरे। सरकारले अनलाइनबाट सेवा दिने भने पनि यसअघि नै अनलाइनमा गइसकेका कतिपय सेवा पुनः कागजी प्रक्रियामा फर्काउन थालेको उनले बताए।

विशेषगरी विद्युतीय बोलपत्र (ई–बिडिङ) प्रणालीलाई पुनः कागजी प्रक्रियामा लैजाने तयारी गरिएको उल्लेख गर्दै उनले यसबाट ठेक्कापट्टामा शक्तिशाली समूहको हस्तक्षेप र अनियमिततालाई प्रोत्साहन गर्न खोजिएको बताए। विगतमा ठेक्कापट्टामा पहुँच र शक्तिका आधारमा प्रतिस्पर्धीलाई बोलपत्र दर्ता गर्नसमेत रोक लगाउने प्रवृत्ति नियन्त्रण गर्न विद्युतीय प्रणाली लागू गरिएको उनको भनाइ थियो। कार्यक्रममा आफ्नो भनाइ राख्दै महासचिव पोखरेलले भने, ‘अगाडि बढ्ने कुरा छोड्दिनुस्, सेवा प्रवाह लाइन लाग्नुपर्दैन भनियो र सबै कुरा अनलाइनमा भन्ने नारा लगाइयो तर हिजोको सरकारले बनाइसकेका कतिपय अनलाइन सेवाहरू आज फेरि कागजी प्रक्रियामा फर्कँदै छन्। ई–बिडिङ कागजी प्रक्रियातर्फ फर्कनुको अर्थ सुशासनका प्रश्नमा उनीहरू असफल भए भन्ने सन्देश हो। ई–बिडिङमा समस्या देखियो भन्दैमा फेरि कागजी प्रक्रियामा जाने भनेको समाजमा डन गिरीलाई प्रोत्साहित गर्ने बाटोमा सरकार जाँदैछ भन्ने देखिन्छ।’ नयाँ काममा समस्या उत्पन्न भएमा त्यसको समाधान खोज्नुपर्ने तर यसरी पछाडि फर्कनु सरकारको असफलताको सङ्केत भएको उनले स्पष्ट पारे।

यसका साथै उनले सरकारले विश्वविद्यालय र कलेजमा विद्यार्थी संगठनका गतिविधि रोक्ने तथा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पदाधिकारीलाई समेत गतिविधि गर्न नदिई लोकतान्त्रिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक