काठमाडौँ | कांग्रेस १५ औँ महाधिवेशनमा शनिबार मतगणना ढिला गरी सुरु भएको छ । यसअघि ३ बजे सुरु हुने भनिएको मतगणना तयारीमा ढिलाइका कारण बल्ल सुरु भएको हो । आज पहिलो चरणमा उपसभापति र महामन्त्रीको मतगणना गरिनेछ । सभापतिको मतगणना यसअघि सकिएको छ भने वरिष्ठ उपभसभापति निर्विरोध निर्वाचित भएका छन् ।
मतगणना अघि केन्द्रीय निर्वाचन समितिले दुवै पदका उम्मेदवारहरुसँग छलफल गरेको थियो । मतगणना कांग्रेस केन्द्रीय कार्यालयका १४ वटा कोठामा हुने जनाइएको छ ।