
काठमाडौँ | सार्वजनिक बसमा महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–९ मटैनाका २१ वर्षीय शमिर बिष्ट, २४ वर्षीय अनिल नाथ र भीमदत्त नगरपालिका–३ तिलकेनीका २१ वर्षीय जीवन बम रहेका छन् ।
काठमाडौँबाट महेन्द्रनगर आउँदै गरेको सु.प.प्र.०२–००१ ख १५६३ नम्बरको रात्रिबसमा सवार महिला यात्रुमाथि मंगलबार हातपात तथा अभद्र व्यवहार गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।