2026-11-06 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपश्चिमले कर्णालीलाई दियो १७६ रनको लक्ष्य

2026-11-06

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी रोमाञ्चक खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध जितका लागि १७६ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७५ रनको योगफल तयार पारेको छ। सुदूरपश्चिमका लागि ओपनर सैफ जैबले सर्वाधिक ३५ रनको योगदान दिए भने विनोद भण्डारीले २७ रन बनाए। यसैगरी, ब्राण्डन म्याकमुलनले २४ रन, इशान पाण्डेयले २३ रन, थारिन्दु रत्नायकेले अविजित २२ रन तथा स्कॉट कुग्गेइजनले अविजित १९ रनको आक्रामक पाली खेले।

कर्णाली याक्सतर्फबाट बलिङ गर्दै मार्क वाटले किफायती बलिङ गर्दै २ विकेट हात पारे। त्यस्तै, नन्दन यादव, हुसैन तलत र सूर्य तामांगले समान १–१ विकेट आफ्नो नाम गरे। पहिलो इनिङ्स समाप्त भएपछि अब कर्णाली याक्स निर्धारित लक्ष्य प्राप्त गर्नका लागि ब्याटिङ मैदानमा उत्रने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उम्मेदवार छनोटमा नातावाद र पहुँच निषेध गर्दै रास्वपाले जारी गर्‍यो ७ बुँदे निर्देशन ममता काफ्ले हत्या प्रकरण : अदालतमा नरेशको बयान, शव टुक्राटुक्रा पारेको स्वीकार अर्घाखाँचीमा बस दुर्घटना, १६ घाइते; ६ जनाको अवस्था गम्भीर गगनजीलाई कसैले पक्राउ गर्न सक्दैन : प्रचण्ड बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा कांग्रेसले पुनःस्थापना अभियान चलाउने जनताले देखाएको ऐनामा झम्टिनु राजनीतिक चरित्र होइन : रवि लामिछाने सुदूरपश्चिमसँग कर्णाली ३९ रनले पराजित सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने एक युवक गोली प्रहार गरी नियन्त्रण तिहारअघिको अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढ्यो सुदूरपश्चिमले कर्णालीलाई दियो १७६ रनको लक्ष्य चितवनकै विश्वासले रास्वपा देशकै ठूलो पार्टी बन्यो : रवि लामिछाने सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु बीच बाटोमै रोकिए दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो एकै दिनमा सकियो सुनका असर्फीको स्टक, आज चाँदीका मेडालियन मात्रै बिक्री हुने सर्वोच्चमा दर्ता भयो दानबहादुरको रिट, पेशी तोक्न बाँकी सार्वजनिक बसमा महिला यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ सरकार र रास्वपाबीच कुनै विवाद छैन : सभापति लामिछाने एनपिएलमा आज दुई रोमाञ्चक भिडन्त, सुदूरपश्चिम–कर्णाली र चितवन–पोखरा आमनेसामने सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो सरकारले आरोप पुष्टि गरोस्, पक्राउ गर्न कानुनी आधार चाहिन्छ : प्रदीप पौडेल