2026-11-06 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गगनजीलाई कसैले पक्राउ गर्न सक्दैन : प्रचण्ड

2026-11-06

काठमाडौँ | नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सरकारले पक्राउ गर्न नसक्ने बताएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्य मान्यता तथा मर्मविपरीत काम गर्न खोजिरहेको आरोप लगाएका हुन्।

गगन थापालाई पक्राउ गर्ने चर्चा दिनभर चले पनि पक्राउ नगरिएको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गरे। ‘सरकार बिल्कुल संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्य मान्यता र मर्मभन्दा बाहिर जान खोजिरहेको छ। यो देशका लागि पनि र सबै जनताका लागि पनि निकै चिन्ताको विषय हो,’ उनले भने, ‘जहाँसम्म गगनजीको कुरा गर्नुभयो, गगनजीलाई कसैले पक्राउ गर्न सक्दैन।’

यस्तै, प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले पदबाट हटाएको विषयमा पनि सञ्चारकर्मीले प्रश्न गरेका थिए। जवाफमा उनले उक्त निर्णय उचित थियो वा थिएन भन्ने विषयमा अहिले टिप्पणी नगर्ने बताए। उनले आईजीपी हटाउने विषय अदालतमा पुगिसकेकाले अब अदालतले नै त्यसबारे निर्णय गर्ने बताए। ‘आईजीपीलाई हटाएको ठीक गर्‍यो सरकारले रु अब त्यो कुरा त अदालतमा गइसकेको छ, अदालतले बोल्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उम्मेदवार छनोटमा नातावाद र पहुँच निषेध गर्दै रास्वपाले जारी गर्‍यो ७ बुँदे निर्देशन ममता काफ्ले हत्या प्रकरण : अदालतमा नरेशको बयान, शव टुक्राटुक्रा पारेको स्वीकार अर्घाखाँचीमा बस दुर्घटना, १६ घाइते; ६ जनाको अवस्था गम्भीर गगनजीलाई कसैले पक्राउ गर्न सक्दैन : प्रचण्ड बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा कांग्रेसले पुनःस्थापना अभियान चलाउने जनताले देखाएको ऐनामा झम्टिनु राजनीतिक चरित्र होइन : रवि लामिछाने सुदूरपश्चिमसँग कर्णाली ३९ रनले पराजित सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने एक युवक गोली प्रहार गरी नियन्त्रण तिहारअघिको अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढ्यो सुदूरपश्चिमले कर्णालीलाई दियो १७६ रनको लक्ष्य चितवनकै विश्वासले रास्वपा देशकै ठूलो पार्टी बन्यो : रवि लामिछाने सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु बीच बाटोमै रोकिए दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो एकै दिनमा सकियो सुनका असर्फीको स्टक, आज चाँदीका मेडालियन मात्रै बिक्री हुने सर्वोच्चमा दर्ता भयो दानबहादुरको रिट, पेशी तोक्न बाँकी सार्वजनिक बसमा महिला यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ सरकार र रास्वपाबीच कुनै विवाद छैन : सभापति लामिछाने एनपिएलमा आज दुई रोमाञ्चक भिडन्त, सुदूरपश्चिम–कर्णाली र चितवन–पोखरा आमनेसामने सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो सरकारले आरोप पुष्टि गरोस्, पक्राउ गर्न कानुनी आधार चाहिन्छ : प्रदीप पौडेल