2026-11-06 06:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवार छनोटमा नातावाद र पहुँच निषेध गर्दै रास्वपाले जारी गर्‍यो ७ बुँदे निर्देशन

2026-11-06

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र विधिसम्मत बनाउन ७ बुँदे निर्देशन जारी गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको निर्देशनमा पद, व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद वा अन्य कुनै पनि अनुचित प्रभावका आधारमा उम्मेदवार छनोट नगर्न भनिएको छ। केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीका अनुसार पार्टीका विभिन्न तहमा हुने अधिवेशन, आन्तरिक निर्वाचन तथा सार्वजनिक निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पार्टी विधान, स्वीकृत कार्यविधि र आधिकारिक निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ ।

आयोगले निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण गतिविधि पार्टी विधान, स्वीकृत कार्यविधि र आधिकारिक निर्देशनअनुसार मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । कुनै पनि तहमा अनधिकृत वा समानान्तर प्रक्रिया सञ्चालन गर्न नपाइने आयोगले स्पष्ट पारेको छ। त्यस्तै व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद, गुटगत दबाब, धम्की वा अन्य कुनै पनि अनुचित प्रभाव प्रयोग गरी निर्वाचन तथा उम्मेदवार छनोट प्रक्रिया प्रभावित गर्न नहुने निर्देशनमा उल्लेख छ। सबै योग्य सदस्य तथा उम्मेदवारलाई समान अवसर सुनिश्चित गर्नुपर्ने आयोगले जनाएको छ। स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटमा आवेदन दिनु नै उम्मेदवारीको अन्तिम सुनिश्चितता नहुने आयोगले स्पष्ट पारेको छ। आवेदन दिएका आधारमा आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्ने, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट उम्मेदवारी घोषणा गर्ने तथा प्रचारप्रसार गर्ने कार्यलाई विधिविपरीत मानिनेछ ।

नेतृत्व विकास कार्यक्रम, योग्यता परीक्षण, मूल्यांकन, प्रारम्भिक निर्वाचनलगायत तोकिएका सबै प्रक्रिया पूरा भएपछि मात्र पार्टीले उम्मेदवारको अन्तिम निर्णय गर्ने जनाएको छ । यसैगरी बाँकी रहेका वडा, पालिका, जिल्ला तथा प्रदेश तहका अधिवेशनको तयारी र प्रक्रिया अघि बढाउँदा सम्बन्धित माथिल्लो तहका पार्टी नेतृत्व तथा विभागसँग आवश्यक परामर्श र समन्वय गर्न निर्देशन दिइएको छ । सम्बन्धित अधिवेशनको आधिकारिक मिति र कार्यतालिका घोषणा हुनुअघि कुनै पनि सदस्यले नेतृत्वका लागि आफ्नो उम्मेदवारी घोषणा वा प्रचारप्रसार गर्न नपाउने आयोगले जनाएको छ।

अध्यक्ष केसीले पार्टीको निर्वाचन तथा उम्मेदवार छनोट प्रक्रिया व्यक्तिगत पहुँच वा पदको प्रभावमा नभई तोकिएको विधि, योग्यता र निष्पक्ष मूल्याङ्कनका आधारमा अघि बढ्ने जानकारी दिए । उनका अनुसार पार्टीभित्रको निर्वाचन र उम्मेदवार छनोट प्रक्रियामा सबै योग्य सदस्यलाई समान अवसर प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उम्मेदवार छनोटमा नातावाद र पहुँच निषेध गर्दै रास्वपाले जारी गर्‍यो ७ बुँदे निर्देशन ममता काफ्ले हत्या प्रकरण : अदालतमा नरेशको बयान, शव टुक्राटुक्रा पारेको स्वीकार अर्घाखाँचीमा बस दुर्घटना, १६ घाइते; ६ जनाको अवस्था गम्भीर गगनजीलाई कसैले पक्राउ गर्न सक्दैन : प्रचण्ड बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा कांग्रेसले पुनःस्थापना अभियान चलाउने जनताले देखाएको ऐनामा झम्टिनु राजनीतिक चरित्र होइन : रवि लामिछाने सुदूरपश्चिमसँग कर्णाली ३९ रनले पराजित सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने एक युवक गोली प्रहार गरी नियन्त्रण तिहारअघिको अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढ्यो सुदूरपश्चिमले कर्णालीलाई दियो १७६ रनको लक्ष्य चितवनकै विश्वासले रास्वपा देशकै ठूलो पार्टी बन्यो : रवि लामिछाने सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु बीच बाटोमै रोकिए दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो एकै दिनमा सकियो सुनका असर्फीको स्टक, आज चाँदीका मेडालियन मात्रै बिक्री हुने सर्वोच्चमा दर्ता भयो दानबहादुरको रिट, पेशी तोक्न बाँकी सार्वजनिक बसमा महिला यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ सरकार र रास्वपाबीच कुनै विवाद छैन : सभापति लामिछाने एनपिएलमा आज दुई रोमाञ्चक भिडन्त, सुदूरपश्चिम–कर्णाली र चितवन–पोखरा आमनेसामने सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो सरकारले आरोप पुष्टि गरोस्, पक्राउ गर्न कानुनी आधार चाहिन्छ : प्रदीप पौडेल