2026-06-16 06:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टाचार नियन्त्रणको माग

२०७९ पुष १६, शनिवार

पुस १६, काठमाडौँ | सुशासनको अभाव र भ्रष्टाचारले मुलुकको विकासमा अवरोध गरी लोकतन्त्रलाई सबल बन्न नदिएकाले भ्रष्टाचार नियन्त्रण गरिनुपर्नेमा जोड दिइएको छ । 

ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपाल र यस संस्थासँग आबद्ध मुलुकभरका संस्थाको भेलाले नवगठित सरकारसँग भ्रष्टाचार नियन्त्रणको काम गर्न ध्यानाकर्षण गराएको छ । हालै सम्पन्न आम निर्वाचनमा भ्रष्टाचार विरोधी जनभावना सशक्तरुपमा जाहेर भएको र निर्वाचनपछि गठित नयाँ सरकारले भ्रष्टाचार नियन्त्रण एवं सदाचार प्रवद्र्धनका निम्ति कार्य गर्नुपर्ने टिआइ नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्गले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

 सरकारले देश र जनताको अपेक्षानुरुप भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखी सशक्त एवं प्रभावकारीरुपमा, स्पष्ट परिणाम देखिने गरी कार्य गरोस् भनी टिआइ नेपाल र सोसँग आबद्ध संस्थाको भेलाले माग गरेको पनि उहाँले राससलाई जानकारी दिनुभयो । 

भेलामा महिला जागरण सङ्घ इलाम, नागरिक सरोकार मञ्च मोरङ, सङ्कल्प समुदायमा आधारित पुनःस्थापना नेपाल सुनसरी, मानव अधिकार र वातावरण विकास केन्द्र नेपाल उदयपुर, मानव अधिकार सचेतन तथा विकास केन्द्र दोलखा, भ्रष्टाचारविरुद्ध अभियान चितवनको कार्यक्रममा सहभागिता थियो ।

यसैगरी सुशासनका लागि नागरिक समाज पोखरा, पारदर्शी नेपाल सिद्धार्थनगर रुपन्देही, पारदर्शी सरोकार समूह बुटवल, सुशासन अभियान गुल्मी, बागेश्वरी असल शासन क्लब नेपालगञ्ज, नागरिक सरोकार सङ्घ सुर्खेत, सदाचारका लागि सामाजिक पहल धनगढी, समाज कल्याण समाज दार्चुलाका प्रतिनिधिको भेलामा सहभागिता रहेको अध्यक्ष प्रधानाङ्गले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते