स्थानीय तहको चुनावको मिति घोषणा भएसँगै यतिबेला चुनावी माहोलले चियापसलदेखि बजारलाई गरमागर्मी बनाएको छ । राजनीतिक दलहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् भने खासगरी मेयर र उपमेयरका लागि नेताहरु टिकट लिनको लागि पार्टीमा हारगुहार गर्न थालेका छन् । स्थानीयतहको निर्वाचनमा कस्तो पात्र र अवधारणा भएकोलाई मतदान गर्ने भन्ने बारेमा सर्वसाधारणले खुला बहस गर्न रुचि देखाएको समेत पाइन्छ । यसै शीलशीलामा हामीले नेकपा माओवादी केन्द्रका युवा नेता शंकर गिरी जो राजनीतिक क्षेत्रबाट मात्र नभई साहित्य, कलाकारिताबाट समेत परिचित व्यक्तित्व हुन् । युवा व्यक्तित्व गिरीसँग समसामयिक राजनीतिक विषयवस्तुमा एउटा कुरामा भने सचेत नागरिकले खवरदारी गरिरहेका छन् त्यो के भने पैसा र लाठेमुङ्ग्रेको आडभरोसामा मत पाइन्छ र चुनाव जितिन्छ भन्ने सोच राख्ने व्यक्ति, राज्यको साधनस्रोतमा दोहन गरेर अकुत कमाउने, एनजिओ र आइएनजिओमा लागेर गरीव जनताको नाममा आएको रकम कुम्ल्याउने छट्टु, शिक्षा र विकासको नयाँ दृष्टिकोण नभएको प्राणीलाई आफ्नो अमूल्य मत दिनु हुँदैन ।

वि.स २०५६ सालमा विद्यार्थी जीवनबाट राजनीति शुरु गरेका कुश्मा नगरपालिका ६ का शंकर गिरी यतिबेला कुश्मा नगरपालिकाको मेयरको लागि आकांक्षी देखिएका छन् । माओवादी केन्द्रले नगरपालिकाको मेयरको रुपमा सम्भावना र बलियो पात्रको रुपमा लिइनेमा गिरी देखिएका छन् ।

पोखारा पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्दा देखि अखिल क्रान्तिकारी विद्यार्थी संगठनबाट राजनीति शुरु गरेका गिरी सोही क्याम्पसमा विद्यार्थी संगठनको सचिव हुदै पर्वत जिल्लामा विद्यार्थी संगठनको अध्यक्ष समेत बने । २०६५ सालमा तत्कालीन नेकपा माओवादी कास्कीको जिल्ला सदस्यताबाट पूर्ण रुपमा राजनीतिमा होमिएका उनी माओवादी केन्द्रको सचिवालय सदस्य हुदै अहिले कुश्मा नगरपालिकाको नगर संयोजकका रुपमा समेत काम गरिरहेका छन् ।

पछिल्लो चरणमा जिल्लामा केन्द्रिय तहबाट विकास निर्माणका लागि बजेट निकासा गर्नेमा युवा राजनीतिक व्यक्तित्व गिरीको पार्टीले युवाहरुलाई परिचालन गर्नेमा उनी विश्वस्त छन् । छोटो समयमा नै नगर संयोजकका रुपमा काम गर्न पाएका उनी पार्टीले कुश्मा नगरपालिकाको मेयरकालागि खडा गरे लड्ने सोचमा छन् । तर उनी मयेरको लागि दाबी गरेका भने छैनन् ।

जनयुद्ध कालदेखि विद्यार्थी राजनीति गरेका उनी अहिले पार्टीको चुनाव प्रचारप्रसारको अभियानमा तिब्र रुपमा लागि परेका छन् ।

जिल्लाको विकासको लागि स्थानीय तथा केन्द्रिय तहका नेताहरुसँग समन्वय गरेर सोही अनुसार बजेट भित्राउन सफल भएका उनी विकास प्रेमी नेताका रुपमा पनि गनिन्छन् । युवाहरुलाई अगाडि उभ्याउनुपर्छ भन्ने मान्यता राख्ने गिरी युवाहरुलाई अग्रपंक्तिमा राख्नको लागि तल्लीन देखिन्छन् । उनै युवा नेता शंकर गिरीसँग पत्रकार महेन्द्र केसीले गरिएको संक्षिप्त कुराकानी

माओवादी केन्द्रलाई स्थानीय तहको चुनाव कत्तिको लागेको छ ?

दुइ दशकदेखि हुन नसकेको स्थानीय तहको चुनाव गराउनको लागि नेकपा माओवादी केन्द्र र माओवादी गठबन्धनको सरकार लागेको कुरा सवैलाई महसुस भएको कुरा हो ।

हामी चुनावको लागि कत्तिको लागि परेका छौ हाम्रो कायदिशा र परादर्शीताले देखाएको छ । हाम्रो नेतृत्वमा सरकार छ, हामी चुनाव गराउनुपर्छ हुनुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेका छौ । यसलाई आंकलन गरेर पनि जो कसैले भन्न सक्छ माओवादी केन्द्र चुनावको लागि कति केन्द्रित छ भन्ने कुरा ।

स्थानीय तहको चुनावको लागि कुश्मा नगरपालिकाबाट तपाईको पनि उम्मेदवारी छ भन्ने सुनिन्छ । के तपाई चुनाव लड्नको लागि तयारी गर्दै हुनुहुन्छ ?

आर्थिक विकास गर्दै समृद्ध नेपाल निर्माण गर्नको लागि युवाहरुको परिचालन जरुरी छ । हाम्रो पार्टीले पनि सोही अनुसार काम अगाडि बढाएको छ त्यसैले पनि म यो कुरामा विश्वस्त छु, पार्टीले युवाहरुलाई परिचालन गर्छ । पार्टीको नीतिनै युवाहरुलाई परिचालन गरी सोही अनुसार देशलाई समृ्द्ध बनाउने अभियान भएका कारण चुनावमा युवापुस्तालाई अग्रसर गराउन सिंगो पार्टीनै लागि परेको छ ।

जिल्लाको विकासको लागि तपाईसँग कस्ताकस्ता योजनाहरु छन् ?

आर्थिक विकासबाटनै जिल्ला र देशको विकास सम्भव हुन्छ । जसको लागि युवाहरुलाई परिचालन गर्नुपर्छ । युवाहरुलाई परिचालन गर्न सके बेरोगारको अन्त्य हुने र सोही अनुसार आर्थिक समृद्धि पनि पहिल्याउन सकिन्छ ।

हाम्रो मिशन भन्नुनै नागरिकलाई अधिकारबाट सम्पन्नसाली बनाउने हो । दश बर्षेजनयुद्ध शुरु हुने क्रममा हामीले भनेका थियौ केन्द्रिय सरकारको खारेज गरी जनसरकार गठन हुनुपर्छ । जनताद्वारा जनतालेनै शासन संचालन गर्नुपर्छ ।

आज संघीय गण्तन्त्र स्थापनासँगै ति सपनाहरु क्रमिक रुपमा पुरा हुदै आएका छन् । जनसरकारको नाउमा स्थानीय गाउँ तथा नगरपालिकामा नागरिकहरुकै पहुँच र अधिकार सुनुश्चित हुन थालेको छ यो हाम्रो अभियानको जित हो पार्टीको जित हो ।

एमाले फुल, काँग्रेस हाफ, माओवादी पत्तासाप भन्छन् नी ?

केहि राजनीतिक दलहरुले लोकप्रियता कमाउन र चुनावमा मतदातालाई प्रभावित बनाउनको लागि भ्रम सिर्जना गर्न थालेको छन् तर सचेत नागरिक यस्ता भ्रमका पछि लाग्दैनन् । नेकपा एमालेले बृद्धा भत्ताको नाउमा गलत प्रचार गरीरहेको छ जून सरासर गलत छ ।

विखण्डनकारी एमाले कसरी फुल हुन सक्छ ? कुरा गर्नेलाई सुनौ काम गर्नेलाई चुनौ हामी यो भन्छौं । योजना हाम्रा, काम हाम्रो, पारदर्शी हामी विजय उनको हुन हुन सक्दैन । यो भ्रमको खेती नगरे हुन्छ । मधेसी नागरिकको अस्तित्व स्वीकार गर्न नसक्ने एमाले खोक्रो राष्ट्रबादको नारा लिएर हिडेको दल हो । गणतन्त्र स्थापना हुनुपूर्व एमाले र काँग्रेसले धेरै पटक दरबार छिरेको तर नागरिकको अधिकार सुनुश्चित गर्न सकेका छैनन् ।

फेरि पनि यी पार्टीमा विश्वास गर्ने हो भने गणतन्त्र समेत गुम्ने खतरा छ । विस्तारबादी, राजाबादीसँग साँठगाँठ मिलाएर लोकतन्त्रले कदापी पूर्णता पाउन सक्दैन । यहाँ फेरी पनि राजा फर्काउने अभियान भित्रभित्र चलाउन थालिएको छ । सचेत नागरिक अब थप सचेत हुन जरुरी छ हैन भने देश विखण्डनकारीको हातमा पर्छ ।

जनयुद्ध त्यसपछिको उपलब्धी, धर्मनिरपेक्षता, महिला, दलित, आदीबासी, मधेसी अल्पसङ्ख्यक नागरिकका अधिकारहरु जसरी स्थापित हुन लागेका छन् ती अधिकारहरुलाई कुण्ठित गर्ने चलखेल हुन लागेको छ । हामी यो भन्न चाहान्छौ सचेत बनौं ।

एमालेले कहिल्यै पनि राष्ट्रिय अखण्डता बचाउन सक्दैन यो विखण्डनकारी पार्टी हो, मधेसीको अधिकार सुनिश्चित गर्न माग गर्दा आफैले स्वीकार गरेर हस्ताक्षर गरेको कुरालाई नमान्ने र देशमा द्वन्द्व निम्त्याउन खोज्ने र मधेसी मोर्चालाई भड्काउन खोज्ने दल कसरी राष्ट्रबादी हुनसक्छ ?

एमाले कैची हो यसले विभिन्न बाहानामा देशको शान्ति खलल र अस्थीर राजनीति पैदा गराउन खोजेको छ । मेची महाकाली अभियानको नाउमा जसरी मधेसमा द्वन्द्व फैलाउन खोजियो त्यसरीले देशलाई अन्धकारमा राख्नको लागि अग्रणी भूमिकामा एमाले छ । सिके राउत जस्ता प्रबृत्तिका मानिस र एमालेको पछिल्लो प्रवृत्तिमा कुनै भेद छैन ।

माओवदी शान्ति प्रक्रियामा आएसँगै माओवादी फुटको शिकार भयो, जनसरकारको लागि लडेका लडाकुहरु पनि रुष्ट छन् यो अबस्थामा माओवादीको जित कसरी सम्भव छ ?

शान्ति प्रक्रियामा आएसँगै माओवादी विभिन्न भागमा विभाजन भएकोे भएता पनि बैचारिक हिसाबले माओवादीहरु अझै पनि एकताबद्ध छन् ।

हामी फुट्न सक्छौ भने देश र राष्ट्रियताको लागि फेरी पनि एक हुन सक्छौं । जनयुद्ध शुरु हुनेबेलामा जून एजेण्डा बोकेको थियो माओवादीले अहिले ती एजेण्डाहरु पुरा हुदै गएका छन् । हरेक नागरिकका हक र अधिकार स्थापित भएका छन् । केन्द्रमा प्राप्त हुने अधिकार गाउँस्तरमा प्राप्त हुनेवाला छन् ।

महिला, दलित,आदीबासी, मधेसी हरेक क्षेत्र र बर्गका नागरिकको अधिकारको लागि लडेको माओवादीले जसरी जनसरकारको लागि युद्ध थालेको थियो ति अभियान र एजेण्डा अहिले पुरा हुदै छन् । पहिलो त हाम्रो यहि नै जित हो । हामी एजेण्डामा सफल छौ । हामीले उठाएको संघीयता, धर्मनिरपेक्षता, लगायतका तमाम मुद्दाहरु पुरा भएका छन् । यहिनै हाम्रो जीत हो । लोडसेडिङमुक्त राष्ट्र, बेरोजगारमुक्त देश निर्माण तथा युवापरिचालन हाम्रो अभियान, सूचना संचारमाध्यमसँग नागरिकको पहुँच हुने हाम्रो अभियान र एजेण्डा छ भने जित पनि हाम्रो नै हुन्छ । एजेण्डा हाम्रा जित अरुको हुन सक्दैन । एजेण्डा हाम्रा हुन भने निश्चित रुपमा जित पनि हाम्रोनै हुन्छ ।