स्थानीय तहको चुनाव नजिकिएसँगै राजनीतिक दलहरु आफ्नो दलको प्रचारप्रसारको लागि जुटेका छन् । पुर्नसंरचना अनुसार पुराना गाउँ कमिटिलाई भंग गर्दै नयाँ गाउँ÷नगर कमिटि तथा वडा कमिटि विस्तार र पार्टीलाई मजबूत बनाउनको लागि दलहरु लागि परेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... स्थानीय तहको चुनाव नजिकिएसँगै राजनीतिक दलहरु आफ्नो दलको प्रचारप्रसारको लागि जुटेका छन् । पुर्नसंरचना अनुसार पुराना गाउँ कमिटिलाई भंग गर्दै नयाँ गाउँ÷नगर कमिटि तथा वडा कमिटि विस्तार र पार्टीलाई मजबूत बनाउनको लागि दलहरु लागि परेका"/>
२०८३, १० बैशाख बिहीबार
पर्बत - PBT

जलजला गाउँपालिकालाई पाँच बर्षमा समृद्ध बनाउने योजना मसँग छ -युवा नेता दिपक आचार्य (आकाश)

२०७४, ५ बैशाख मंगलवार ०५:१२

स्थानीय तहको चुनाव नजिकिएसँगै राजनीतिक दलहरु आफ्नो दलको प्रचारप्रसारको लागि जुटेका छन् । पुर्नसंरचना अनुसार पुराना गाउँ कमिटिलाई भंग गर्दै नयाँ गाउँ÷नगर कमिटि तथा वडा कमिटि विस्तार र पार्टीलाई मजबूत बनाउनको लागि दलहरु लागि परेका छन् । नगरदेखि गाउँपालिकासम्म यतिबेला राजनीतिक दलहरु आफ्नो चुनावी एजेण्डासहित प्रचारप्रसारमा लागेका छन् । 

केहि राजनीतिक दलहरुले आफ्नो उम्मेदवार समेत लगभग टुंगो लगाइसकेका छन् भने केहि आफ्नो विजय हुने पक्कापक्की सम्झेर औपचारीता पुरा गर्नको लागि चुनावको मिति कुरेर बसेका देखिन्छन् । 

पुर्नसंरचना अनुसार पर्वतमा दुइ नगरपालिका सहित पाँच वटा गाउँपालिका गरी सात वटा स्थानीय तह छन् । पुर्नसंरचना अनुसार स्थानीय तहको चुनाव हुने भएकोले पनि सोही अनुसार राजनीतिक दलहरु आफ्नो झण्डा गाड्नको लागि जुटिरहेका छन् । 

वि.सं २०५५ सालमा कृष्ण भवन धर्म मावि धाइरिङबाट अखिल क्रान्तिकारी विद्यार्थी संगठनको इलाका सदस्य लिएर विद्यार्थी जिवनबाट राजनीति गरेका युवा तथा जुझारु नेता दिपक आचार्य आकाश यतिबेला चुनावको धौडधुपमानै देखिन्छन् ।

२०५८ को अन्तिमतिर पूर्णरुपमा राजनीतिमा प्रवेश गरेका उनी इलाका पार्टी सदस्यबाट पूर्ण रुपमा राजनीतिमा होमिए । त्यस लगत्तै उनी ०६१ मा इलाका सेक्रेटरी हुदै अन्तिमतिर जिल्ला सदस्य बने । अहिले उनी माओवादी केन्द्रको केन्द्रिय सदस्य समेत रहेका छन् भने जलजला गाउपालिकाको इन्चार्जका रुपमा क्रियाशिल छन् । 

स्थानीय तहको चुनावमा केन्द्रित रहेर हामी नेकपा माओवादी केन्द्र जलजला गाउँपालिकाका संयोजक एवं केन्द्रिय सदस्य दिपक आचार्य आकाश सँग कुराकानी गर्ने जमर्को गरेका छौं । माओवादी केन्द्रको चुनावी प्रचारप्रसार, भावी योजनाका बारेमा पत्रकार महेन्द्र केसीले उनै युवा नेता दिपक आचार्यसँग गरेको संक्षिप्त कुराकानी 

जलजला गाउँँपालिकामा मेयरमा लड्ने सोच बनाउनु भएको छ कि छैन ?

युवाहरुको परिचालन आजको आवश्यकता हो, हाम्रो पार्टीको एजेण्डा पनि हो । देशलाई समृद्ध बनाउनु छ भने युवाहरुलाई अग्रपंक्तिमा राख्नसक्नुपर्छ त्यो कुरा हाम्रो पार्टीले बुझेको छ । जलजला गाउँपालिकाको मेयरको लागि लड्ने या नलड्ने भन्ने भन्दा पनि हामी जलजला गाउँपालिकालाई कसरी समृद्ध बनाउने भन्ने सोचमा छौ । त्यसको लागि कुशल र जुझारु नेताहरुको पहिचान गर्न लागेका छौं । हुन सक्छ पार्टीले मलाई त्यो जिम्मेवादी दिन पनि सक्छ । यदी पार्टीले समर्थन र बहुमतका आधारमा मलाई मेयरको टिकट दिइन्छ भने म लड्न तयार छु ।

यदी मेयरको टिकट पाउनु भयो भने जलजला गाउँपालिकाको विकासको लागि तपाईसँग कस्ता खाले योजनाहरु छन् त ? 

मेयरको टिकट प्राप्त गरे योजनाहरु हुने नत्र नहुने भन्ने प्रश्न हुदैन । हाम्रो मिशन भनेको सवै नागरिकलाई जनसरकारको माध्यमबाट गाउँ तथा सोही क्षेत्रबाट सुविधा दिदै सम्पन्नसाली बनाउने हो ।

हिजो झण्डै एक करोडको योजनाहरु जिल्ला पार्टी कार्यालयको अगुवाइमा यस क्षेत्रमा परेका छन् । यस क्षेत्रको विकासको लागि पार्टीले मलाई साथ र विश्वास गर्यो त्यसैले पनि ति योजनाहरु आए, अहिले कामहरु भैराखेका छन् । भोली यो भन्दा थप योजना र विकास निर्माणका कामहरु पनि आउनेछन् । यसमा दुइ मत छैन तर कुरा के हो भने म, हाम्रो पार्टी जनतालाई सम्पन्नसाली बनाउने अभियानमा छौं । टिकट प्राप्त भएता पनि नभएता पनि विकासको लागि जट्ने छु ।

जलजला गाउँपालिकालाई ५ बर्षमा कसरी समृद्ध बनाउने भन्ने भिजन मसँग छ । भौतिक संरचना, बाटोघाटो, पुल देखि लिएर आत्मानिर्भर र धौलागिरीकै उत्कृष्ठ र नमूना तरकारी पकेट क्षेत्रका रुपमा जलजला गाउँपालिकालाई विस्तार गर्दै समृद्ध बनाउने योजनाहरु छन् । गाउँपालिकालाई आत्मानिर्भर बनाउँदै आर्थिक रुपमा समृद्ध बनाउनको लागि केकसरी काम गर्नुपर्छ भन्ने योजना र समग्र नगरपालिकाको विकाशको योजनाको नक्सा मसँग छ । जसले ५ बर्षमा जलजला गाउँपालिकालाई समृद्ध बनाउन सक्छ ।

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t34.0-12/

यदी चुनावमा तपाइनै उठ्नुभयो भने तपाई÷माओवादी केन्द्रलाई भोट किन ? 

जसको एजेण्डा उसैलाई मतदान, हामीसँग एजेण्डा छ, देशलाई समृद्ध बनाउने भिजन छ । देशलाई कसरी समृद्ध बनाउने भन्ने सोचका साथ हामी अगाडि बढिरहेका छौं । हाम्रा एजेण्डाहरु पनि सोही अनुसार पुरा हुदै गइरहेका छन मात्रै स्थायी रुपमा पूर्णता दिन आवश्यक छ । त्यसैले माओवादी केन्द्रलाई मतदान गर्नुपर्छ, गरौं ।

एजेण्डा नभएकाहरुलाई भोट किन दिने ? उनहरुलाई भोट दिनुको कुनै अर्थ छैन । जसले महिला, दलित, आदिबासी, मधेसी, थारु, अल्पसंख्यक तमाम उत्पीडन र पिछडा बर्गको लागि संघर्ष ग¥यो उसैलाई भोट दिनुपर्छ । त्यो माओवादी केन्द्रनै हो । अरु दलहरुको कुनै भिजन र एजेण्डा छैन । खोक्रो राष्ट्रबादको पछि लाग्ने हो भने देशले निकास पाउन सक्दैन । निकास र विकासको लागि पनि माओवादी केन्द्रलाई भोट दिनुपर्छ ।

मेरो व्यक्तिगत कुरा गर्दा म कुनै फौजदारी अभियाग लागेको, भ्रष्टाचार तथा अनियमिततामा मुछिएको व्यक्तिमा पर्दिन । म उक्त क्षेत्रको विकासको लागि लागि परेमाको मान्छे हुँ, लागि पर्ने छु ।

जलजला गाउँपालिका माओवादी केन्द्रको पकेट क्षेत्र हो भनिन्छ के यो सत्य हो ?

जलजला गाउँपालिका मात्रै नभइ देशभरीनै माओवादी केन्द्रको पकेट क्षेत्र हुन जरुरी छ । किनकी परिर्वतनका सम्बाहकका रुपमा रहेको माओवादी केन्द्र भिजन र योजनाका साथ अगाडि बढेको छ । देशभरीनै यो लहर ल्याउन जरुरी छ । पकेट क्षेत्र हो वा होइन त्यो भविश्यले बताउने कुरा हो तर हामी यो कुरामा निश्चिन्त छौ कि जलजला गाउँपालिकामा हाम्रो विजय सुनुश्चित छ । हाम्रा विचार, योजना र भिजनको दृष्टिकोले हामी अन्य दलभन्दा अगाडि  छौं यसमा दुइ मत छैन ।

अन्त्यमा नेपाली जनतालाई के भन्न चाहानुहुन्छ ?

स्थानीय तहको चुनावमा सक्रिय रुपमा सहभागी बनौं, मतदान भिजन भएकाहरुलाई मात्रै दिऔं । कुनै पनि प्रलोभनमा परि वा लोकप्रियताका नाममा खोक्रो एजेण्डा बनाएका दलहरुको पछि नलागौं । जनयुद्ध त्यसपछिको उपलब्धी, संविधान कार्यान्वयनका लागि माओवादी सरकारले जसरी काम गरेको छ त्यहि अनुसार देशमा काम गर्ने बताबरण गराउनुको साथै आफ्ना अधिकार सुनिश्चित गर्न र संविधानलाई संस्थागत गर्नको लागि मतदान नीति र कार्यदिशा भएको दललाई मात्रै मतदान गरौ र विजय गराऔं ताकि पछि पछुताउन नपरोस् । धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता, समानुपातिक समावेशी माओवादीका एजेण्डा भएका कारण माओवादी केन्द्रमानै भोट हालौ र विजय गरौं । कुरा गर्नेलाई सुनौ काम गर्नेलाई चुनौ तबमात्र देश विकास तर्फ लम्कन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा