Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार
पर्बत - PBT

कृषि पढेका दक्ष जनशक्तिलाई यही रोक्नु पर्छ

२०७४, १३ बैशाख बुधबार ०८:१५

basudev Regmi interview

वासुदेव रेग्मी
प्रमुख


जिल्ला कृषि विकास कार्यालय, पर्वत


० अहिले पर्वत जिल्लाको कृषि उत्पादनको अवस्था कस्तो छ ?

पर्वत जिल्लाको कृषि उत्पादन हेर्ने हो भने यो वर्ष खास गरी मुख्य
खाद्यान्न वालीको रुपमा  धान उत्पादन बृद्धि भएको छ । करिब १० प्रतिशत
हिसाबले  सुन्तलाको उत्पादन बढेको  छ भने अरु सामान्य वालीहरुको पनि वृद्धि
भएको अबस्था छ । पछिल्लो समयमा मौसम परिवर्तन भएको कारणले गर्दा समग्रमा
बालीनालीको अवस्था राम्रो भएको छ ।

० पर्वत जिल्लामा उत्पादन हुने मुख्य वालीहरु के के रहेका छन् ?

मुख्य रुपमा पर्वत जिल्लामा सुन्तला, तरकारी आलु, लप्सी, कफी लगायत
खाद्यान्न वालीहरु प्रायजसो भैरहन्छ । प्राथमिकतामा परेका यी ५ वटा वाली
मुख्य, पर्वत जिल्लाको निर्यात योग्य वालीहरु हुन् ।

०  अहिले यी बालीहरुको उत्पादनको अवस्था के छ ?

यो वर्षको तथ्यांक हेर्ने हो भने सुन्तला उत्पादन ३ हजार ४ सय ५६ मेट्रिक
टन छ । भने तरकारीमा ९ हजार मेट्रिक टन र २४ मेट्रिक टन कफिको चेरी उत्पादन
भएको छ । आलु चाहि २२ हजार मेट्रिक टन उत्पादन हुन्छ । त्यस्तै लप्सी १
हजार ४ सय मेट्रिक टनको हारहारीमा यो बर्ष उत्पादन भएको छ ।

० पर्वत जिल्लामा सुन्तलाको पकेट क्षेत्रमा पनि होला नि त ?

खास गरी पर्वत जिल्लाको मोदी गाउँपालिका र महाशिला गाउँपालिका, पैयौ
गाउपालिका पकेट क्षेत्र नै हो । जिल्लाको साविक गा.वि.स पाचथर, माभफार,
देउपुर कुर्धा गा.वि.स चाहि सुन्तलाका लागि निकै प्रख्यात गा.वि.स हुन् ।

० यस जिल्लामा कृषिमा संलग्न किसानहरुको संख्या कस्तो छ ?

जिल्लाको कूल जनसंख्या मध्ये कृषिमा संलग्न जनसंख्या ५१ प्रतिशतको
हाराहारीमा नै छ । परम्परागत रुपमा लागेका र निर्वाहमुखी खेती गर्ने
किसानहरुको तथ्यांक हो यो । तर व्यवसायिक रुपमा कृषिमा लागेकाहरुको संख्या
जिल्ला भरीमा करीव ४ सयको हाराहारीमा मात्र छन् ।

० किसानहरुलाई प्रोत्साहन गर्न नयाँ कस्ता कार्यक्रमहरु सञ्चालन भएका छन् त ?

जिल्ला कृषि विकास कार्यालयले किसानलाई कृषि क्षेत्रमा आकर्षित गर्नका लागि
चालु आर्थिक वर्षमा विभिन्न खाले कार्यक्रमहरु सञ्चालनमा ल्याएका छौं ।
जस्तै, सिचाई, प्लाष्टिक घरहरु,  र मौरी घारहरु अनुदानमा दिने कार्यक्रम
गरिरहेका छौं । किसानहरुले सामूहिक रुपमा उहाहरुलाई आवश्यक कार्यक्रमहरु
माग गरेको अवस्थामा त्यस्ता कृषि उत्पादकत्व बृद्धि गर्नका लागि विशेष
प्राथामिकतामा राखेर अनुदानमा कै बढि व्यवस्था गरेको छौ । त्यस्तै
किसानहरुलाई सुरक्षित गर्नका लागि बीमाको प्रचार गर्ने काम गपनि हामीले
गरिरहेका छौं । जुन सुकै किसिमको कृषि प्राविधिक सहयोग किसानहरुलाई उपलव्ध
गराएका छौ । जसले गर्दा किसानहरु पनि आकर्षित भईरहनु भएको छ । अलिकति
सम्भावना पनि भएको हुनाले कृषि पेशा पछिल्लो समयमा व्यवसायिक रुपमा कृषि
गर्नेहरुको लहर पनि बढदै गएको छ । व्यवसायिक रुपमा नै कृषि कर्म गरिरहेका
किसानहरुलाई कृषि यान्त्रिकीकरणमा जोड दिंदै पावर टिलरहरु पनि विक्री वितरण
गर्दै आईरहेको छौं ।

० कृषिमा यान्त्रीकरण चुनौतीको विषय रहेको छ भन्छन् नि त?

कृषिमा यान्त्रीकरण गर्ने कुरा पर्वतमा त्यस्तो चुनौती देखिएको छैन ।
पछिल्लो समयमा युवाहरु विदेश पलायन भएका कारणले पनि खेतबारी जोत्नका लागि
हलिहरु नपाईरहेको अवस्थाले गर्दा पनि पावर टिरको प्रयोग बढ्दै गईरहेको छ ।
किसानहरु पछिल्लो समयमा कृषि यन्त्रको प्रयोग बढाउन थालेका छन् ।
किसानहरुको कृषि यन्त्रको मागहरु हेर्ने हो भने पत्याउन नै गाह्रो देखिन्छ ।

० त्यसो भए कृषिमा यान्त्रिकरण बढाउनका लागि के योजना बनाउनु भएको छ त ?



अहिले हजारौं युवाहरु बिदेशिएको अवस्था छ ।
युवा अवस्था हुदा विदेशमा जाने र पछि काम गर्ने नसक्ने अवस्था भएपछि आखिर
बाकी जीवन विताउने नेपालमा नै हो । पछि पैसा भएर मात्र पुग्दैन होला । देश
विकास नभएको पनि यही भएकाले हो । विदेश गएर सिकेको सिप नेपालमा आएर
व्यबहारमा प्रयोग ग¥यो भने मात्र केहि होला खाली पैसाले मात्र काम गर्दैन ।
हामीले हाम्रो उत्पादन बढाउन सक्नु पर्छ । एउटैले सम्भव छैन भने सामुहिक
रुपमा पनि मिलेर काम गर्नु पर्दछ । त्यसका लागि हामीले कम जनशक्ति प्रयोग
हुने भएकाले  पनि यान्त्रिकरणमा  जोड दिएका छौं । त्यसलाई राज्यले पनि
ऋण्माा सहुलियत दिने र  वीमामा सहज गर्ने काम गरिरहेका छौं । त्यसले गर्दा
पनि युवा साथीहरु विस्तारै विस्तारै आकर्षित हुदै आउनु भएको छ । यहाँ
समस्या के भयो कृषि पढेको भन्दा नपढेको साथीहरु कृषिमा आकर्षित हुनुहुन्छ ।
कृषि पढेका साथीहरु चाही झन् पलायन  भइरहेको अवस्था छ । कृषि पढेका दक्ष
जनशक्तिलाई यही रोक्नु पर्छ । त्यसको लागि अव सरकारबाट बिशेष योग्यतालाई
ध्यान दिएर बिना धितो, परियोजना धितो राखेर पनि ऋण सहयोग गर्ने हो भने
आकर्षित हुन्छ । हैन भने विदेश जाने क्रम रोकिने वाला छैन ।

० तर तपाईले भने जस्तै योग्य जनशक्ति रोक्ने काम सरकारले गर्न चाहँदैन त ?

त्यो जसरी भएपनि रोक्नु पर्दछ । कृषि आत्मनिर्भर बन्ने भनेर सरकारले
भनिरहेको अवस्थामा कृषिका दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने काम
राज्यको हो । यसको मतलव विदेश जान नै रोक्ने भन्ने कुरा होइन । मुलुकको
कृषि उत्पादकत्व बढाउनका लागि सवै युवा पुस्ता नेपालमा नै रहनु पर्दछ भन्ने
पनि होइन । अहिले ६५ प्रतिशतलाई ३५ प्रतिशतमा झार्ने हो भने पनि धेरै नै
सहज हुन्छ । त्यसका लागि कृषि उत्पादकत्व बृद्धि गर्नका लागि आवश्यक
पूर्वाधारहरुको विकास गर्नु पर्दछ । सिंचाई सुविधा, सहज रुपमा ऋणको
व्यवस्था,बीमाको व्यवस्थामा, कृषि प्राविधिकहरुको प्रशिक्षण एवं व्यवसायिक
किसानहरुका लागि आवश्यक तालिमको व्यवस्था गर्नु पर्दछ । त्यो सवै एकैचोटी
सम्भव पनि छैन विस्तारै गर्दै जाने कुरा हो राज्यले चाहने हो भने गर्न
सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली