Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ २७ गते, बिहान ८:४२ बजे पर्बत - PBT

अब संविधान र संघीयता दुवै रहदैन– ह्रदयेश त्रिपाठी (भिडियो सहित)

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । नेकपा एमालेको सुर्य चिन्हबाट निर्वाचन जितेका मधेसी दलका नेता ह्रदयेश त्रिपाठीले संघियता नरहे संविधान पनि नरहने बताएका छन् । उनले संविधानलाई संशोधन गर्दै अगाडी बढ्न नसके मुलुकमा स्थायीत्व हुन नसक्ने र संविधान र संघीयता दुवै धरापमा पर्ने बताएका हुन् ।

विविसिसँग कुरा गर्दै उनले अब देशमा संघीयता ढले संविधान पनि ढल्ने बताएका हुन् । सरकारमा जाने वा नजाने भन्ने विषयमा आफूसँगै बामगठबन्धनले छलफल नगरेका कारण यसै भन्न नसकिने तर बामगठबन्धनले चाहेका खण्डमा आफू पनि सरकारमा जाने उनले बताए ।

त्रिपाठीले राजपाका अध्यक्ष मण्डलको व्यवहारका कारण आफूले राजपा त्यागेर सुर्य चिन्हमा लडेको बताएका छन् । उनले अब मधेसीदलहरुसँग कुनै पनि हालतमा नमिल्ने तर क्षेत्रीय स्तरका दलहरुसँग सहकार्य गर्ने बताए ।
मधेसी दलहरुको अस्तित्व शेषका रुपमा भएपनि रहने तर लोभ नहुने समेत उनले बताएका छन् ।

भिडियो