2026-10-27 07:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

पालिकाद्वारा एचआइभी सङ्क्रमितलाई आर्थिक सहायता

काठमाडौँ | जिल्लाको सत्यवती गाउँपालिका यतिबेला एचआइभी सङ्क्रमितको लागि आर्थिक सहायता प्रदान गरिएको छ । आर्थिक अभावका कारण उपचारका लागि सदरमुकाम तम्घास, पाल्पा र बुटवलमा रहेका एआरटी केन्द्रसम्म औषधि लिन जानुपर्ने २५ जना सङ्क्रमितलाई उक्त सहयोग प्रदान गरिएको हो ।

एचआइभी सङ्क्रमितको पारिवारिक अवस्था अत्यन्तै कमजोर, न्यून आम्दानी एवं आर्थिक अभावका कारण एआरटी केन्द्रसम्म पुग्न नसक्दा कतिपयले औषधि लिन तथा स्वास्थ्य जाँच गराउन नसकेर बीचमा छोड्नुपर्ने अवस्था थियो । उक्त समस्या समाधान गर्न गाउँपालिकाले सङ्क्रमितको जीवनशैलीमा परिवर्तन ल्याउनाका साथै पोषण स्थितिमा सुधार ल्याउन वार्षिक रूपमा यातायात खर्चबापत लाग्ने रकम सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले बताउनुभयो ।

जिल्लामा लामो समयदेखि एचआइभी सङ्क्रमितको क्षेत्रमा काम गर्दै आएको ‘हाम्रो जीवन प्लस’द्वारा सङ्कलित तथ्याङ्क र व्यक्तिले दिएको निवेदनका आधारमा यातायात खर्चको रकम सम्बन्धित व्यक्तिको बैङ्क खातामा पठाइदिने व्यवस्था गरिएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

गाउँपालिकाले यस वर्ष २५ जना सङ्क्रमितका लागि उक्त रकम उपलब्ध गराइसकेको पालिकाका स्वास्थ्य शाखा प्रमुख हिमलाल भण्डारीले बताउनुभयो । एचआइभी सङ्क्रमित हरेक तीनतीन महिनामा स्वास्थ्य जाँच र औषधिका लागि अनिवार्य रूपमा एआरटी केन्द्रसम्म पुग्नुपर्ने भएकाले कोही पनि उपचारबाट वञ्चिन नहुन् भनेर आर्थिक सहयोग गरिएको उहाँको भनाइ छ ।

सत्यवती गाउँपालिकामा हाल ३६ जना एचआइभी सङ्क्रमित रहेपनि २५ जनाले मात्र उक्त सहयोग लिएका पालिका कार्यालयले जनाएको छ । कतिपय सङ्क्रमित समाजमा खुल्न र सम्पर्कमा आउन नचाहेकाले रकम उपलब्ध गराउन नसकिएको स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताउनुभयो ।

हाम्रो जीवन प्लसले एचआइभी सङ्क्रमितका लागि घर समुदायमा आधारित हेरचाह कार्यक्रम सञ्चालन गरिरहेको छ । सो कार्यक्रमअन्तरगत सेवाग्राहीको घरसम्म पुग्ने, नियमित औषधि खाए÷नखाएको हेर्ने, परामर्श दिने, प्रेषण गर्ने (रिफर)लगायत काम गर्दै आएको संस्थाकी अध्यक्ष जुना ज्ञवालीले बताउनुभयो ।

संस्थाले जन्मेदेखि १८ वर्षसम्मका एचआइभी सङ्क्रमित बालबालिकाका लागि शिक्षा र स्वास्थ्यमा राहत पुगोस् भन्ने उद्देश्यले मासिक रु दुई हजारका दरले सहयोग उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष ज्ञवालीका अनुसार घर समुदायमा आधारित कार्यक्रमअनुसार हाल २७ जना सङ्क्रमित बालबालिकालाई उक्त सुविधा प्रदान गरिएको छ । उहाँले जिल्लामा सञ्चालनमा आइरहेको सामुदायिक हेरचाह केन्द्र बन्द भएपछि सङ्क्रमित सेवाग्राहीको अवस्था समस्यामा परेको बताउनुभयो । जिल्लामा हाल तीन सय १२ जना एचआइभी सङ्क्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने