२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

प्रहरीहरू सुरक्षा सचेतना कार्यक्रम लिएर टोल-टोलमा पुग्दै

१० जेष्ठ २०७९, मंगलवार १३:३४

जेठ १०, महोत्तरी | हर प्रहर गाउँ र नगरी, टोल-टोलमा नेपाल प्रहरी भन्ने मुख्य नाराका साथ इलाका प्रहरी कार्यालय बर्दिबासले सचेतना अभियान सुरुवात गरेको छ ।

प्रहरी नायव उपरीक्षक रवि रावलको संयोजकत्वमा सुरु भएको उक्त अभियान देउराली माध्यमिक विद्यालय बर्दिबासबाट औपचारिक शुभारम्भ गरिएको हो ।

अभियानको पहिलो दिन विद्यालयमा अध्ययनरत किशोरकिशोरीलाई लागूऔषधको विषयमा सजग गराइएको थियो ।

शान्तिपूर्ण एव सुरक्षित समाज निर्माणको  लागी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्यक्रमहरूलाई प्रभावकारी बनाउन स्थानीय तह र समुदायसँग छलफल भइरहेको प्रहरी नायव उपरीक्षक तथा इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख रवि रावलले जानकारी दिए ।

प्रहरीले सुरुवात गरेको यो अभियानलाई स्थानीय समाजसेवी तथा राजनीति दलहरूले स्वागत गरेका छन् । पूर्व वडा अध्यक्ष तथा नेकपा एमालेका नेता फाल्गुन सुस्लिङ्ग मगरले शान्तिपूर्ण एव सुरक्षित समाज निर्माणको लागी यस्ता प्रहरीको यो भूमिका सराहनीय भएको बताए ।

मगरले भने :` लागूऔषध न्यूनीकरण बर्दिबासमा ठुलो चुनौती बनिरहेको छ । यसलाई न्यूनीकरण गर्न प्रहरीका सचेतनामूलक कार्यक्रमहरू प्रत्येक विद्यालय र क्याम्पसमा लैजानुपर्छ ।´

यसपछि किसाननगरमा चट्याङबाट बच्न अपनाउनु पर्ने कार्यक्रम र अन्य सुरक्षाका विषयमा सचेतना जगाउने कार्यक्रम रहेको नायव उपरीक्षक रावलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत