२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

प्रहरी र स्थानीयबीच झडप हुँदा पाँच प्रहरी घाइते

१ पुष २०७९, शुक्रबार ०४:१४

पुस १, जलेश्वर | महोत्तरीको रामगोपालपुर नगरपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा बिहीबार पाँच जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार झडपमा नेपाल प्रहरीका दुई, सशस्त्र प्रहरीका दुई र एक जना रामगोपालपुर नगरपालिकाका नगर प्रहरी घाइते भएका छन् ।

रामगोपालपुर नगरपालिका–५ बस्ने डा पङ्कज चौधरीले पत्नी नेहा चौधरीलाई घरभित्र पस्न नदिएपछि उत्पन्न भएको विवादले उग्ररुप लिँदै आन्दोलनमा परिणत भएपछि रामगोपालपुरमा प्रहरी र स्थानीयबीच झडप भएको हो ।

औरही नपा–१ माइती भएकी नेहाले पतिविरुद्ध घरेलु हिंसा र दाइजोविरुद्धको मुद्दा दिएकामा मङ्सिर २६ गते महोत्तरी जिल्ला अदालतले संरक्षणात्मक आदेश जारी गर्दै नेहालाई घरभित्र प्रवेश गर्न दिन भनेपछि नेहा अदालतको पत्र लिएर पतिको घर रामगोपालपुर–५ मा पुगेपछि त्यहाँ ताल्चा लागेको थियो ।

 ताल्चा लागेका घर अगाडि नै नेहाले धर्ना बसेपछि स्थानीयवासीले नेहालाई घरभित्र प्रवेश गराउनुपर्ने माग राख्दै आन्दोलन गर्न थालेका छन् । स्थानीयले रामगोपालपुरका नगरप्रमुखले नेहाका सासु, ससुरालगायत परिवारका व्यक्तिलाई लुकाएर संरक्षण दिइरहेको आरोप लगाउँदै नगरपालिका भवनमा तोडफोड, सडक जामलगायत कार्यक्रम गर्न थालेपछि आन्दोलनले उग्ररुप लिएको थियो भने प्रहरी र स्थानीयबीच पटक–पटक झडप भएको हो ।

यता प्रहरीले नेहाको पति डा पङ्कज चौधरीलाई पक्राउ गरी उनीविरुद्ध विवाहमा दाइजो लिएको मुद्दामा अनुसन्धान गरिसकेको तथा घरेलु हिंसा मुद्दाउपर पनि अनुसन्धान गरिरहेको अवस्थामा थप आन्दोलन गर्नु नपर्ने भन्दै प्रहरी प्रमुख कृष्ण पङ्गेनीले बिहीबार नगरपालिकाको भवन तोडफोड र सडकमा चक्काजाम गराएको आरोपमा नेहा चौधरी र उनका सहयोगी निहारिका सिंह राजपुतलाई पनि नियन्त्रणमा लिएको हो ।

अहिले रामगोपालपुरको अवस्था तनावग्रस्त रहेको छ भने त्यहाँ व्यापकरूपमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको हो । नेहाले डा पङ्कजसँग गत फागुन महिनामा रु ५० लाख बढी दाइजो दिएर रु एक करोड बढी लागतमा विवाह गरेकी थिइन् । तर पतीले थप दाइजोका रूपमा काठमाडौँमा घर किनिदिन माइती पक्षसँग भन्नका लागि नेहालाई शारीरिक र मानसिक यातना दिँदै आएको र घरबाट समेत निकाला गरिदिएपछि नेहाले कानुनी बाटो अपनाएकी छिन् ।

तर अदालतको आदेशको पनि अवज्ञा गर्दै ससुराली पक्षले नेहालाई घरभित्र पस्न नदिएपछि विगत चार–पाँच दिनदेखि नेहा ससुराली घरको मूलढोकामा बस्दै आएकी छिन् र स्थानीयवासीले उनको न्यायका लागि आन्दोलन सुरु गरेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान