Skip to content
Friday, July 17, 2026 Nepali Online Media
August 23, 2017 सर्लाही - SLH

सर्लाहीमा बिभिन्न घटनामा परि ४ जनाको मृत्यु

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ७, सर्लाही । सर्लाहीमा वर्षाको पानीले बनाएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

झिम नदीले बनाएको खाल्डोमा डुबेर साबिक सलेमपुर गाविस-९ का वीरेन्द्र महतोका १० वर्षका छोरा रन्जन महतोको  बुधबार ज्यान गएको हो । पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गएको प्रहरीले जानएको छ ।

यसैगरी सर्लाहीकै हरिपुर नगरपालिका–७ चिताईनमा खाल्डोमा डुबेर एक पुरुषको ज्यान गएको छ । अर्घाखाँची घर भएका ३२ वर्षका दीपक थापाको पाँचकुमारी खोलामा केही दिन अघि भएको भीषण वर्षापछि बनेको खाल्डोमा डुबेर ज्यान गएको गाउँलेहरुले बताएका छन् ।

मगर चिताईनमा रहेको एक चाउमिन उद्योगमा मजदुरको रुपमा काम गर्दै आएका थिए । यस्तै बाढीले बगाएर घाइते भएका सर्लाहीको बागमती नगपालिका–१२ राजघाटका अविशेक परियारको उपचारका क्रममा ज्यान गएको छ । १८ वर्षका अभिशेकको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको आफन्तले जानकारी दिएका छन् ।

यसैगरी विषालु सर्पको टोकाईबाट सर्लाहीको सुन्दरपुरमा एक जनाको ज्यान गएको छ । मंगलबार राती घरमा सुतिरहेका बेला करेत सर्पले डस्दा चक्रघट्टा गाउँपालिकामा पर्ने साविक सुन्दरपुर गाविस –१ का ३९ वर्षका शंकर साह सोनारको ज्यान गएको हो । सोनारको उपचारका क्रममा जिल्ला अस्पताल मलंगवामा ज्यान गएको बताइएको छ ।