पढ्न करिब 1 मिनेट लाग्छ
<p><b> वैशाख ३, सिरहा</b> | सिरहा प्रहरीले प्रतिवन्धित लागू औषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । <br></p><p>गोलबजार नगरपालिका-६ डोहटयिाका २५ वर्षीय दिपेश रामलाई करिव २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।</p><p>इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीटोलीले विशेष सूचनाको आधारमा रामलाई लागूपदार्थसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।</p>

