2026-08-06 04:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

घोडाघोडी तालमा रहेको झार हटाइँदै

काठमाडौँ | विश्व रामसार क्षेत्रमा सूचिकृत कैलालीको घोडाघोडी तालमा मिचाहा प्रजातिको बेसरम झार हटाउन सुरु गरिएको छ । नेपालको पहिलो वर्ड सेन्चुरी (चरा अभय आरक्ष क्षेत्र) का रूपमा परिचित घोडाघोडी तालको उत्तर र पूर्वी क्षेत्र बेसरम झारले ढाक्दै गएको छ ।

जैविक विविधताले महत्त्वपूर्ण मानिएको यो ताल मिचाहा प्रजातिले ढाक्दै गएपछि आजदेखि हटाउन थालिएको हो । सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट डिभिजन वन कार्यालय पहलमानपुरको वार्षिक कार्यक्रमअन्तर्गत बजेट छुट्याएर बेसरम झार हटाउन सुरु गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

“प्रदेश सरकारको रु पाँच लाख बजेटमार्फत मिचाहा प्रजातिको झार हटाउन सुरु गरेका छौँ”, उहाँले भन्नुभयो । घोडाघोडी तालको उत्तरी भाग बेसरमले ढाक्दै गएपछि ताल क्षेत्र साँघुरिँदै गएको छ । “तालको उत्तर क्षेत्रको बड्का सिराहा, छोड्की सिराहा, छोट्की छिङ्टिलिया तथा पूर्वी क्षेत्रमा पनि तालको कुनाकुनामा बेसरमले ढाकेर ताल देखिँदैन । तालमा बेसरमसँगै जलकुम्भी, लहरे वनमारालगायत मिचाहा झारहरू प्रकोप बढ्दै गएका छन्”, उहाँले भन्नुभयो ।

यी मिचाहा झारहरूले पानीको सतहलाई पूर्णरूपमा ढाकेर सूर्यको प्रकाशलाई भित्र पस्न दिँदैनन्, जसले गर्दा पानीभित्रका रैथाने वनस्पति मर्न थालेका वन अधिकृत कँडेलले बताउनुभयो । “यसले पानीमा अक्सिजनको मात्रा घटाउँछ, जसले माछा र अन्य जलचरको जीवन सङ्कटमा पर्छन् । चराहरूले आहारा खोज्ने र बस्ने खुला पानीको सतह समाप्त हुँदा उनीहरूको बासस्थान समेत नष्ट हुन्छ”, उहाँले भन्नुभयो ।

मिचाहा झारलाई समयमा नियन्त्रण गरिएन भने ताल र यहाँको सिमसार, जलिय जैविक विविधता खतरामा पर्ने चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्षमा पनि डिभिजन वन कार्यालय पहलमानपुरमार्फत दुई दशमलव पाँच हेक्टर क्षेत्रफलको बेसरम हटाइएको थियो । यसपटक दुई दशमलव आठ हेक्टर क्षेत्रफलको बेसरम हटाइने अधिकृत कँडेलले बताउनुभयो ।

हत्केला आकारमा फैलिएको घोडाघोडी ताल चराहरूको महत्त्वपूर्ण वासस्थानको रूपमा मानिन्छ । यहाँ विश्वव्यापी रूपमा खतरामा रहेका राजलाहाँचे, राज धनेस, माछाकुल, सेतो गिद्ध, डँगर गिद्ध, सानो खैरो गिद्ध, र भुडिफोर गरुड पाइन्छन् ।

तीन प्रजातिका चरा नाँदुन हाँस, हरिहाँस, बगाले सिम कुखुराले नेपालको घोडाघोडी क्षेत्रमा मात्रै प्रजनन गर्ने गर्दछन् । यसका साथै अजिङ्गर ,सालक, ओत, कछुवा, चितुवा, लोखर्के, खरायो, मुसा, न्याउरी मुसा, स्याल, मलसाँप्रो, बाँदर, लङ्गुर, बँदेल, रतुवा, चित्तल, निल गाई, गोही, सुन गोहोरो, छेपारालगायत विभिन्न प्रजातिहरूको महत्त्वपूर्ण बासस्थानका रूपमा यो क्षेत्र पर्दछ ।

चराहरूको बासस्थान रहेको घोडाघोडीमा हाल तीन सय ८० प्रजातिका चराहरू पाइन्छन् । चराहरूको महत्त्वपूर्ण बासस्थान रहेकाले यस क्षेत्रलाई विसं २०७८ फागुन २७ गते नेपालको पहिलो पहिलो वर्ड सेन्चुरी (चरा अभय आरक्ष क्षेत्र) घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा निश्चित शुल्क तिरेर जानु पर्नेछ : डिकबहादुर खत्री धार्मिक तनाव र विवादको समाधानका लागि हिन्दु राष्ट्र पुन:स्थापना आवश्यक: राजेन्द्र लिङ्देन मुलुकलाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक तरकारी बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु सुनचाँदीको मूल्यमा भारी वृद्धि यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग