2026-09-11 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

घोडाघोडी तालमा रहेको झार हटाइँदै

काठमाडौँ | विश्व रामसार क्षेत्रमा सूचिकृत कैलालीको घोडाघोडी तालमा मिचाहा प्रजातिको बेसरम झार हटाउन सुरु गरिएको छ । नेपालको पहिलो वर्ड सेन्चुरी (चरा अभय आरक्ष क्षेत्र) का रूपमा परिचित घोडाघोडी तालको उत्तर र पूर्वी क्षेत्र बेसरम झारले ढाक्दै गएको छ ।

जैविक विविधताले महत्त्वपूर्ण मानिएको यो ताल मिचाहा प्रजातिले ढाक्दै गएपछि आजदेखि हटाउन थालिएको हो । सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट डिभिजन वन कार्यालय पहलमानपुरको वार्षिक कार्यक्रमअन्तर्गत बजेट छुट्याएर बेसरम झार हटाउन सुरु गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

“प्रदेश सरकारको रु पाँच लाख बजेटमार्फत मिचाहा प्रजातिको झार हटाउन सुरु गरेका छौँ”, उहाँले भन्नुभयो । घोडाघोडी तालको उत्तरी भाग बेसरमले ढाक्दै गएपछि ताल क्षेत्र साँघुरिँदै गएको छ । “तालको उत्तर क्षेत्रको बड्का सिराहा, छोड्की सिराहा, छोट्की छिङ्टिलिया तथा पूर्वी क्षेत्रमा पनि तालको कुनाकुनामा बेसरमले ढाकेर ताल देखिँदैन । तालमा बेसरमसँगै जलकुम्भी, लहरे वनमारालगायत मिचाहा झारहरू प्रकोप बढ्दै गएका छन्”, उहाँले भन्नुभयो ।

यी मिचाहा झारहरूले पानीको सतहलाई पूर्णरूपमा ढाकेर सूर्यको प्रकाशलाई भित्र पस्न दिँदैनन्, जसले गर्दा पानीभित्रका रैथाने वनस्पति मर्न थालेका वन अधिकृत कँडेलले बताउनुभयो । “यसले पानीमा अक्सिजनको मात्रा घटाउँछ, जसले माछा र अन्य जलचरको जीवन सङ्कटमा पर्छन् । चराहरूले आहारा खोज्ने र बस्ने खुला पानीको सतह समाप्त हुँदा उनीहरूको बासस्थान समेत नष्ट हुन्छ”, उहाँले भन्नुभयो ।

मिचाहा झारलाई समयमा नियन्त्रण गरिएन भने ताल र यहाँको सिमसार, जलिय जैविक विविधता खतरामा पर्ने चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्षमा पनि डिभिजन वन कार्यालय पहलमानपुरमार्फत दुई दशमलव पाँच हेक्टर क्षेत्रफलको बेसरम हटाइएको थियो । यसपटक दुई दशमलव आठ हेक्टर क्षेत्रफलको बेसरम हटाइने अधिकृत कँडेलले बताउनुभयो ।

हत्केला आकारमा फैलिएको घोडाघोडी ताल चराहरूको महत्त्वपूर्ण वासस्थानको रूपमा मानिन्छ । यहाँ विश्वव्यापी रूपमा खतरामा रहेका राजलाहाँचे, राज धनेस, माछाकुल, सेतो गिद्ध, डँगर गिद्ध, सानो खैरो गिद्ध, र भुडिफोर गरुड पाइन्छन् ।

तीन प्रजातिका चरा नाँदुन हाँस, हरिहाँस, बगाले सिम कुखुराले नेपालको घोडाघोडी क्षेत्रमा मात्रै प्रजनन गर्ने गर्दछन् । यसका साथै अजिङ्गर ,सालक, ओत, कछुवा, चितुवा, लोखर्के, खरायो, मुसा, न्याउरी मुसा, स्याल, मलसाँप्रो, बाँदर, लङ्गुर, बँदेल, रतुवा, चित्तल, निल गाई, गोही, सुन गोहोरो, छेपारालगायत विभिन्न प्रजातिहरूको महत्त्वपूर्ण बासस्थानका रूपमा यो क्षेत्र पर्दछ ।

चराहरूको बासस्थान रहेको घोडाघोडीमा हाल तीन सय ८० प्रजातिका चराहरू पाइन्छन् । चराहरूको महत्त्वपूर्ण बासस्थान रहेकाले यस क्षेत्रलाई विसं २०७८ फागुन २७ गते नेपालको पहिलो पहिलो वर्ड सेन्चुरी (चरा अभय आरक्ष क्षेत्र) घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस