म २२ वर्षीया युवती हुँ । मैले अहिलेसम्म यौन सम्पर्क राखेको छैन । मेरा अधिकांश साथीहरूले यौन सम्पर्क राखिसकेका छन् । कतिपयले विवाहअघि र कतिपयले विवाहपछि यौन सम्पर्क र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... म २२ वर्षीया युवती हुँ । मैले अहिलेसम्म यौन सम्पर्क राखेको छैन । मेरा अधिकांश साथीहरूले यौन सम्पर्क राखिसकेका छन् । कतिपयले विवाहअघि र कतिपयले विवाहपछि यौन सम्पर्क र"/>
2026-10-14 06:57 AM
अछाम - ACM

विवाहपछि श्रीमानसँग गरिने सेक्स आनन्ददायी बनाउन के गर्नुपर्ला ?

म २२ वर्षीया युवती हुँ । मैले अहिलेसम्म यौन सम्पर्क राखेको छैन । मेरा अधिकांश साथीहरूले यौन सम्पर्क राखिसकेका छन् । कतिपयले विवाहअघि र कतिपयले विवाहपछि यौन सम्पर्क राखेको गफका क्रममा बताउँछन् । उनीहरूको पहिलो सेक्सको अनुभव फरक–फरक खालको छ ।

मलाई पहिलोपटक सेक्स गर्दा धेरै नै दुख्छ कि भनेर डर लागिरहेको छ । मलाई मेरो योनी पनि निकै सानो र साँघुरो छ जस्तो लाग्छ । विवाहपछि श्रीमान्सँग गरिने सेक्स आनन्ददायी बनाउन के गर्नुपर्ला ? -के

सेक्सको अनुभव लिइसकेकाले सुनाउने अनुभव विभिन्न खालका हुन्छन् । कतिपयले यस्ता अनुभव सुनाउँदा बढी नै गफ पनि दिने गर्छन् । तपाईंका साथीहरूले पहिलो सेक्स अनुभव सुनाउँदा कतिले साह्रै आनन्द आयो भने होलान् भने कतिपयले सेक्स गर्दा दुख्दो रहेछ भनेर डर देखाउने गरी कुरा गरेको हुनसक्छ । 

सेक्स अनुभव सबैको एकै खालको र एउटाको अनुभव अर्कोसँग दुरुस्त मिल्ने खालको हुँदैन । सर्वप्रथम तपाईंले मनमा सेक्स गर्दा दुख्छ कि भनेर पाल्नुभएको डरलाई आजैबाट बाहिर निकाल्नुस् । 

सेक्स पार्टनरको बीचमा पूर्ण समझदारीमा गरिएको सेक्सको अनुभव सबैको सुखद नै हुन्छ । सकारात्मक सोचका साथ सेक्सका लागि तयार हुने हो भने यसबाट अभूतपूर्व आनन्द प्राप्त हुन्छ । तपाईंले आफ्नो यौनांगको साइजलाई लिएर बनाउनुभएको धारणा पनि भ्रमबाहेक केही होइन । 

तपाईंले बाहिरबाट हेरेर आफ्नो योनीको साइज सानो छ कि ठूलो वा साँघुरो छ भन्ने थाहा पाउनुहुँदैन । योनी तन्किने तन्तुहरूले बनेको अंग भएका कारण यसमा लिंग प्रवेश गराउँदा टमक्क नै हुने गर्छ । त्यसैले योनीको साइज ठूलो या सानोको भ्रमबाट आजैदेखि मुक्त हुँदा नै राम्रो हुन्छ । योनीको तन्तुहरूको प्रकृति नै लिंगको साइजअनुसार एड्जस्ट हुने खालको हुन्छ । यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ ।

किशोर–किशोरीका लागि विवाहपछिको पहिलो रात र पहिलो सम्भोगको कल्पना सुखद र आशंकापूर्ण दुवै हुन्छ । यसबारे वयस्क स्त्री–पुरुषका साथीसंगीसँग पहिल्यैदेखि स्वाभाविक चर्चा–परिचर्चा पनि भइरहन्छ । जस्तो, तपाईंको पनि साथीहरूसँग भइरहेको छ । साथीहरूले भनेकै आधारमा धारणा बनाएर सुरु नै नभएको यौन जीवनलाई जोखिममा धकेल्ने काम गर्नु हुँदैन । स्रोत: शुक्रबार साप्ताहिक


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश