- करुणा कुवर

म २५ वर्षीय युवक हुँ । २३ वर्षीया एक युवतीसँग परिचय भयो र नजिक भइयो । चिनेको एक महिनामै हामीले एक–अर्कासँग मन मिलेको महसुस गर्‍यौं र पह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... - करुणा कुवर

म २५ वर्षीय युवक हुँ । २३ वर्षीया एक युवतीसँग परिचय भयो र नजिक भइयो । चिनेको एक महिनामै हामीले एक–अर्कासँग मन मिलेको महसुस गर्‍यौं र पह"/>

2026-08-29 06:52 AM
अछाम - ACM

चिनजान हुनासाथ यौनसम्पर्क गरिहाल्नु राम्रो हो कि होइन ?

– करुणा कुवर

म २५ वर्षीय युवक हुँ । २३ वर्षीया एक युवतीसँग परिचय भयो र नजिक भइयो । चिनेको एक महिनामै हामीले एक–अर्कासँग मन मिलेको महसुस गर्‍यौं र पहिलो भेटमै यौनसम्पर्क पनि भयो । यौनसम्पर्कपछि उनलाई केही पश्चाताप भएजस्तो लागेको मैले महसुस गरेको छु । 

हामीले पछि पनि सँगै जीवन बिताउने प्रतिबद्धता साटासाट गरेका थियौं, तर अहिले उनी कम मात्रामा नजिक आएको महसुस भैरहेको छ । यौनसम्पर्कले उनलाई अप्ठेरो पारेजस्तो लाग्छ । मैले सुनेको छु, चिनजान हुनासाथ छिटो यौनसम्पर्क गरिहाल्नु राम्रो होइन, तर उनी केही खिन्न देखिन्छिन् र अर्को यौनसम्पर्कप्रति त्यति उत्साहित देखिन्नन् । 

एकान्त वातावरण र टाढाको यात्रामा निस्कन चाहन्नन् । म उनीप्रति असाध्यै आकर्षित छु र उनैलाई जीवनसाथी बनाउन चाहन्छु । मलाई अहिले छिटो यौनसम्पर्कमा पुगेकाले उनले मप्रति कुनै शंका गरेको हो कि जस्तो लाग्छ । के गुणस्तरीय सम्वन्धका लागि यौन सम्पर्कमै पुगिहाल्नु नराम्रो नै हुन्छ ?

अध्ययनहरूले देखाएअनुसार पहिलो डेटिङमै यौनसम्पर्क भैहाले त्यसले जोडीको दीर्घकालीन सम्बन्धमा खासै असर पार्दैन, तर पछिल्लो समय बिर्घम यङ विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार पहिलो डेटिङमै यौनसम्पर्क भैहाले त्यसले जोडीको दीर्घकालिन गुणस्तरीय सम्बन्धमा असर पार्छ । 

उक्त अध्ययन १० हजार जनामा गरिएको थियो र उनीहरूमध्ये ४७ दशमलव ९ प्रतिशतले चिनजान भएको केही लामो समयपछि हुने यौनसम्पर्कले यौनको आनन्द र जोडीको गुणस्तरीय जीवनमा सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिएका छन ।

त्यस्तै ३५ दशमलव ५ प्रतिशतले पहिलो डेटिङमै यौन सम्पर्क हुँदा पनि राम्रै हुने प्रतिक्रिया दिएका छन । बाँकी प्रतिक्रिया नगण्य छन् । अनुसन्धानकर्ताहरूले पहिलो डेटिङमै यौनसम्पर्क हुनासाथ सम्बन्ध नै बिग्रन्छ भनेका छैनन्, तर उनीहरूको भनाइमा गुणस्तरीय यौनसम्पर्क र गुणस्तरीय जीवनका लागि लामो चिनजान वा पटक–पटकका डेटिङपछि मात्र यौनसम्पर्क हुनु राम्रो हुन्छ ।

मनोवैज्ञानिक हिसाबले हेर्दा जसरी तपाईंहरू अगाडि बढ्नुभयो, त्यसरी नै तपाईंहरूबीच केही असहज वातावरण बनेजस्तो देखिन्छ र त्यसको असरले तपाईंहरूलाई तनावमा धकेलेको देखिन्छ । यसलाई राम्रो मान्न सकिँदैन । 

एक–अर्कालाई बुझ्न, आफ्नो संस्कृति र नियम–कानुनले दिने अनुमति, पारिवारिक स्वीकृतिजस्ता पक्षहरूलाई सहज बनाउन केही समय लाग्छ । एक–अर्कालाई बुझ्ने, यौनसम्पर्कका सकारात्मक नकारात्मक पाटाको अध्ययन–विश्लेषण गर्ने, भविष्यको के–कस्तो योजना बनाउन लागिएको हो स्पष्ट हुने, जीवनका उच्च तथा न्यून प्राथमिकताहरूका बारेमा राम्रोसँग थाहा पाउने र आपसमा सञ्चार गर्ने क्रमले सामीप्यता वृद्धि हुनुका साथै प्रेमसम्बन्ध घनिभूत हुन्छ ।  

यसले विभिन्न शंका–उपशंका निवारण गर्छ भने मानसिक स्थिति पनि नकारात्मक हुन दिँदैन । यसले पछिको गुणस्तरीय जीवनलाई पनि सहयोग नै गर्छ । प्रेमिकालाई पहिलो यौनसम्पर्कले कति असर गरेको छ भन्ने थाहै नपाई तपाईं बढी छटपटिनुभएको हुन सक्छ ।

यसका लागि तपाईंले उनीसँग राम्रोसँग सोध्ने र पछिका दिनहरूमा सहमतिमा अघि बढ्न सकिने कुरा बताउनुपर्छ, अर्थात् प्रेमिकाको प्रतिक्रिया के छ भन्ने स्पष्ट रूपमा थाहा पाउनुहोस् । समाधान त्यही निस्कन सक्छ । उनमा नकारात्मक असर परेको छ भने पनि आपसमा छलफल गरेर दिल खुलस्त पार्न सकिन्छ ।

भेट हुनासाथ यौनसम्पर्कमा पुगिहालेकाले तपाईंकी प्रेमिकालाई केही आत्मग्लानी भएको हुन सक्छ । त्यो कुरा तपाईंले संकेतका रूपमा पाउनुभएको छ र त्यसले तपार्इंमा छटपटीसमेत उत्पन्न गराएको छ । तुरुन्तै यौनसम्पर्क भैहालेकाले पनि तपाईंको छटपटाहट बढेको हुनसक्छ । युवतीहरूमा आफूले बचाएर राखेको भर्जिननेस तोडिएकोमा केही पश्चाताप पनि हुन सक्छ । तपाईंहरूको छटपटाहटमा यस्ता थुप्रै पक्षको भूमिका हुनसक्छ ।

तपाईंको जिज्ञासा पढ्ढा तपाईंकी गर्लफ्रेन्डलाई के भैरहेको छ र आजकाल उहाँलाई यौनसम्बन्धमा किन रुचि नभएको हो भन्ने कुरामा तपाईं अनुमानका भरमा मात्र अघि बढिरहनुभएजस्तो बुझिन्छ । यस विषयमा आफ्नी प्रेमिकासँग प्रस्ट रूपमा बुझ्नु आवश्यक हुन्छ । स्रोत: साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो