मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ ।

यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् ।

त्यसैले जन्मदिन अनुसार पनि मान्छेको स्वभाव र भाग्य निर्धारण हुने ज्योतिष शास्त्रको दावी छ । आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो ।

मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।

आइतबार

पुरुष: आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ ।

स्त्री: आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।

सोमबार

पुरुष: सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।

स्त्री: सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।

मंगलबार

पुरुष: मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ ।

स्त्री: ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।

बुधबार

पुरुष: बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ ।

स्त्री: बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबार

पुरुष: विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।

स्त्री: जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबार

पुरुष: शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ ।

स्त्री: कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।

शनिबार

पुरुष: जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ ।

स्त्री: शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् । -एजेन्सीको सहयोगमा

अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPटिप्सडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML
कुन बार जन्मिने महिला-पुरुषको स्वभाव र भाग्य कस्तो हुन्छ ? जानी राखौ
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment