सामान्य त हाई आउँदा हामी निन्द्रा नपुगेको वा अल्छि लागेको भनेर बुझ्ने गरेका छौं ।  तर हाई आउने कारण त्यत्तिमै सिमित भने छैन् । अनुसन्धानकर्ताहरुले कतिपय अवस्थामा ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सामान्य त हाई आउँदा हामी निन्द्रा नपुगेको वा अल्छि लागेको भनेर बुझ्ने गरेका छौं ।  तर हाई आउने कारण त्यत्तिमै सिमित भने छैन् । अनुसन्धानकर्ताहरुले कतिपय अवस्थामा ह"/>
2026-10-14 08:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सावधान ! लगातार हाई आउनु गम्भीर रोगको संकेत पनि हुनसक्छ

सामान्य त हाई आउँदा हामी निन्द्रा नपुगेको वा अल्छि लागेको भनेर बुझ्ने गरेका छौं ।  तर हाई आउने कारण त्यत्तिमै सिमित भने छैन् । अनुसन्धानकर्ताहरुले कतिपय अवस्थामा हाई आउनुले गम्भीर स्वास्थ्य समस्याको संकेत गर्ने समेत बताएका छन् ।आखिर के कारणले आउने रहेछ त बढी हाई ? 

१. मुटुमा समस्या : धेरै हाई आउने व्यक्तिलाई मुटुमा समस्या हुन सक्छ । शरीरमा अक्सिजनको कमी हुँदा मुटुले रक्तसञ्चार गराउन धेरै मिहनेत गर्नुपर्छ । त्यस्तो बेलामा छिन छिनमा हाई आउछ । कहिलेकाँही यस्तो अवस्था आईरहँदा हृदयघात समेत हुनसक्छ ।

२. थाइराइडमा समस्या : छिन छिनमा हाई आउनु हाइपोथाइराइडको संकेत पनि हुनसक्छ । शरीरमा थाइराइड हार्मोन कम भयो भने पनि यस्तो असर देखिन सक्छ ।

३. नशामा समस्या : हाम्रो शरीरको नशामा समस्या अर्थात नर्ब सिस्टममा गडबडी भयो भने पनि बारम्बार हाई आउने गर्छ । त्यसैले बारम्बार हाई आउदा होस गरौँ ।

४. निन्द्राको समस्या :  निन्द्रा पुरा भएन भने वा स्लीप एप्निया नामक डिअर्डर भएका व्यक्तिलाई पनि असामान्य रुपमा धेरै हाई आउने समस्या देखिन्छ ।

५. शक्तिमा कमी : शरीरमा शक्ति कम हुँदा थकाई लाग्छ । यस अवस्थामा शरीरमा इनर्जी लेभल बढाउन धेरै अक्सिजन चाहिन्छ । यसैले पनि बढी हाई आउछ ।

६. औषधिको साईडइफेक्ट: कतिपयलाई औषधिको साइड इफेक्टले पनि बढी हाई आउने गरेको पाइन्छ ।

७. फोक्सोमा समस्या : ब्रेनमा अक्सिजनको मात्रा कम र कार्वनडाईअक्साइडको मात्रा बढी भयो भने त्यसको असर फोक्सोमा पर्न जान्छ । यस्तो अवस्थामा हाई बढी आउछ । जसले गर्दा ब्रेनमा अक्सिजन जाने दर बढ्छ र फोक्सोबाट खराब हावा निक्लन्छ ।

८. तनाव : कतिपय अनुसन्धानको दावी छ कि तनाव बढ्दा मस्तिस्कको तापक्रम बढ्छ । यसले पनि हाई अलि बढी आउछ । यसरी हाई आउदा मस्तिस्कमा धेरै अक्सिजन आउछ र दिमाग ठंडा हुन्छ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश