म ६५ वर्षीय पुरुष हुँ । मेरा तीनवटी श्रीमती छन् । विभिन्न अप्ठ्यारो परिस्थितिमा उनीहरूसँग मेरो विवाह भएको हो । हाल आएर म कान्छी श्रीमतीसँग बस्छु र उनीसँग शारीरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

म ६५ वर्षीय पुरुष हुँ । मेरा तीनवटी श्रीमती छन् । विभिन्न अप्ठ्यारो परिस्थितिमा उनीहरूसँग मेरो विवाह भएको हो । हाल आएर म कान्छी श्रीमतीसँग बस्छु र उनीसँग शारीरि"/>

2026-10-14 08:49 AM
अछाम - ACM

उमेरको भिन्नताकै कारणले यौनेच्छा नभएको महसुस हुन्छ ?


म ६५ वर्षीय पुरुष हुँ । मेरा तीनवटी श्रीमती छन् । विभिन्न अप्ठ्यारो परिस्थितिमा उनीहरूसँग मेरो विवाह भएको हो । हाल आएर म कान्छी श्रीमतीसँग बस्छु र उनीसँग शारीरिक रूपमा आफू सन्तुष्ट हुन नसकेको र सम्बन्ध राख्न पनि इच्छा नभएको अनुभव हुन्छ । 

यसको प्रत्यक्ष असर मेरो र उनको सम्बन्धमा परेको छ । यही कारणले होला, उनको एक जना पुरुषसँग यौनसम्बन्ध पनि हुँदै आएको कुरा थाहा पाएको छु । हिजोआज हाम्रो दैनिकजस्तो मनमुटाव भैरहन्छ । यस्तो समस्या उमेरको भिन्नताका कारणले आउँछ वा अन्य कारणले ? किनभने धेरैजसो समयमा मलाई उमेरको भिन्नताकै कारणले यौनेच्छा नभएको महसुस हुन्छ । मलाई के भएको हो र यसको समाधान के छ ?

तपाईंले अप्ठ्यारो परिस्थिति भनेर संकेत गर्न खोज्नुभएको कुरा के हो ? यी मनोविज्ञानसँग सम्बन्धित विषय हुन् र यिनको हल पनि त्यसरी नै खोज्नुपर्ने हुन्छ । तपाईंको विवाहमा सन्तुष्टि कम भेटिने वा असन्तुष्ट रहने कारणहरूमा मानसिक अन्तरद्वन्द्व प्रमुख कारकका रूपमा देखिन्छ । कतै आफूले आफ्नो स्वार्थ मात्र पूरा गरें कि भन्ने मनमा परिरहेको हुन सक्छ । तपाईंलाई आफ्नी श्रीमतीप्रतिको शंका वा विश्वास नभएको र मायालाई सम्मान नगरेको महसुस भएको हुन सक्छ ।

कतिपय अवस्थामा अर्को व्यक्तिसँग सम्बन्ध राखेको खुलासाले एक–अर्काप्रतिको आत्मीयतामा कमी आउँछ र त्यसको सीधै असर यौनसम्बन्धमा पर्छ । हेर्दा सामान्य लागे पनि विभिन्न सोच मनमा आउँछन् । 

यसरी मनमा कुरा खेलिरहेका बेला तपाईंलाई लाग्न सक्छ, यस्ता कुराले तपाईंको मनोविज्ञानमा प्रतिकूल असर पारिरहेको छ र तपाईंलाई यौनसन्तुष्टि प्राप्त गर्नमा समस्या भएको हुन सक्छ । त्यसैले तपाईंले आफ्ना यस्ता इच्छा, अपेक्षा, बानी तथा आवश्यकताहरूलाई रूपान्तरण गर्न जरुरी हुन्छ । 

यौनसम्पर्क र उमेरको केही सम्बन्ध त पक्कै पनि छ, तर मानिसहरूले यसलाई कसरी सोचिरहेका छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । यौनसम्पर्क र यौनजन्य गतिविधिबाट आनन्द लिने कुरा तपाईंको जस्तो उमेरमा वा भनौं बुढ्यौलीमा पनि सम्भव छ ।

फरक यति मात्र हो कि मानिसहरूले हरेक समय र निर्णयसँगै आफूलाई समायोजन गर्दै लगेका छन् कि छैनन् ? सेक्स मात्र महत्वपूर्ण होइन । यससँग जोडिएका धेरै पक्ष छन् । सबैभन्दा महत्वपूर्ण कुरा एक–अर्कालाई स्वीकार गरिएको छ कि छैन ? भावना साटासाट सेक्सको अभिन्न पक्ष हो । 

उमेर बढ्ने क्रमसँगै अनुभवबाट फाइदा लिन सकिने सम्भावना हुन्छ । श्रीमान्को उमेर बढ्दै जाने क्रमसँगै सेक्सको नियमित रुटिन परिवर्तन गर्नुपर्ने हुन सक्छ । तपाईंकी श्रीमतीले अर्को व्यक्तिसँगको यौनजीवनलाई अघि बढाउँदै हुनुहन्छ भने त्यसले तपार्इंको जीवनमा थप समस्या पैदा गर्छ । 

तपाईंले तेस्री श्रीमतीका रूपमा स्वीकार गरे पनि सामाजिक रुपमा उहाँको स्वीकार्यता छ कि छैन, त्यसले पनि यौनसम्बन्धमा असर पारेको हुन सक्छ । अर्को कुरा, तपाईंका पहिलेका श्रीमतीहरूसँगको यौनसम्बन्ध कस्तो थियो भन्ने कुरामा पनि तुलना गर्न पुगिरहनु पो भएको छ कि ? महत्वपूर्ण कुराचाहिँ के हो भने हरेक व्यक्तिसँगको यौनसम्बन्ध फरक–फरक हुन्छ र फरक किसिमले त्यसलाई रमाइलो बनाउन सकिन्छ । अर्को थाहा पाउनुपर्ने कुरा हार्मोनमा आएको परिवर्तन हो । 

उमेर बढ्दै जाने क्रममा महिला र पुरुष दुवैमा हार्मोन परिवर्तन हुनु स्वाभाविक हो ।

पुरुषमा पनि हर्माोन परिवर्तन हुन्छ, टेस्टोस्टेरोन हार्मोनले पुरुषको यौन इच्छामा प्रभाव पार्छ । दाम्पत्य जीवनमा यौन क्रियाकलापलाई तल्लो दर्जामा राख्दा अन्य विभिन्न समस्या उत्पन्न हुन सक्छन् । यौन नै यस्तो क्रियाकलाप हुन सक्छ जसले एक–अर्कालाइ बुझ्न, भावनात्मक कुरा महसुस गर्न र सम्बन्धलाई मजबुत बनाउन मद्दत गर्छ । उमेरको भिन्नता भए पनि यौनजन्य आनन्द लिन सकिन्छ । यतिबेला यौनसाथीबीच नजिकको सम्बन्ध सबैभन्दा महत्वपूर्ण कुरा बन्न पुग्छ ।

सकारात्मक सोचले काम गर्ने बानी बसाल्ने, मानसिक तथा शारीरिक अवस्था तन्दुरुस्त अवस्थामा राख्ने, चिन्ता नलिने र आफूलाई अनुकूल बनाउँदै लाने हो भने यौन आनन्दमा कमी नहुने अध्ययनहरूले देखाएका छन् । तपाईंको विवाह अप्ठ्यारो परिस्थितिमा भएको भए पनि थप अप्ठ्यारो सिर्जना नगर्न एक–अर्कासँग खुलेर कुरा गर्नु आवश्यक हुन्छ । साप्ताहिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश