१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्पले टोकेमा के गर्ने ? के नगर्ने ? जान्नुहोस

२९ असार २०७५, शुक्रबार ०६:३७

सर्पदंशका घटना गर्मी महिनामा निकै बढ्छन्। खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन्। अमेरिकामा हरेक वर्ष ८ हजार मानिसहरु सर्पले टोकेर अस्पताल पुग्छन् । तीमध्ये ५ जनाको मृत्यु हुने गरेको छ।

अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन्। सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पु¥याउँछन्। यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछन्। अमेरिकी चिकित्सकले सर्पले टोक्दा के गर्ने र के नगर्न भन्ने विषयमा केही सल्लाह दिएका छन्। ति के के हुन् जान्नुहोस । 

के गर्ने ?

सर्पले टोकेमा तत्काल इमर्जेन्सीमा गइहाल्नुपर्छ। टोकेको त्यति विषालु नभएपनि टिटानस र केही गम्भीर ब्याक्टेरियल संक्रमणको खतरा हुनसक्छ। 

सकेसम्म टोकेको स्थानलाई अलि अलि भएपनि चलाउनुपर्छ, यसले विष अलि ढिलो फैलन मद्धत गर्छ।

सर्प कस्तो थियो भन्ने पनि याद गर्नुहोला। यसले चिकित्सकलाई उपचारमा सहयोग पुग्नेछ। सकेसम्म कुन स्थानमा टोकेको थियो भनेर पनि भन्नुहोला। 

टोकेको समय पनि ख्याल गर्नुहोला। यसले कति समयअघि टोकेको थियो भनेर उपचार गर्न सहयोग मिल्छ। 

कुनै गहना छ भने सुन्निनुभन्दा पहिल्यै निकाल्नुहोला। 

आवश्यक पर्छ भने दुखेको कम गर्न टाइलेनोल (पारासिटामोल) लिनुहोला। 

सर्पदंश उपचार केन्द्रको नम्बर सधैं साथमा राख्नुहोला।

के नगर्ने ?  

सर्पलाई समात्ने या मार्ने प्रयास नगर्नुहोला। सर्पले फेरि टोक्न सक्छ ।

टोकेको स्थानमा चुस्ने प्रयास नगर्नुहोला। सर्पको विष मुखबाट गयो भने तपाईंका लागि अर्को खतरा हुनेछ। 

टोकेको क्षेत्रमा बेस्सरी नबाँध्नुहोला। 

टोकाईको पीडा बिर्सन रक्सी सेवन नगर्नुहोला। बरु यसले विष चाँडो फैलन सहयोग गर्छ। 

टोकेको ठाउँमा चिसो, आइस, तातो या कुनै पनि खालको मल्हम नलगाउनुहोला। 

एस्पिरिन, ब्रुफेन या अन्य खालको पेनकिलर नलिनुहोला। यस्ता पेनकिलरले रगत पातलो बनाउँछ।

टोकेको स्थानमा काटेर रगत झार्ने प्रयास नगर्नुहोला, यसले शरीरको तन्तु नष्ट गर्छ। 

 एजेन्सी स्रोत : सीडीसी, अमेरिका swasthekhabar बाट साभार गरिएको 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का