२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेड बुल पिउने गर्नुहुन्छ ? सावधान !

२०७५, ३ श्रावण बिहीबार ०८:५०

दिनमा ४-५ कप सम्म कफी पिउने , शक्ति दिन्छ भन्दै भेटेसम्म रेड बुल पिउने यी सामान्य नेपाली का आदत हुन् ।जबकी यी खानाहरु यिनकै उद्गम देशहरुमा भने तेश्रो दर्जाका खाद्य बस्तु  हुन्। यी खानाहरु स्वास्थ्यको लागि हानिकारक छन् । अझ गत ३-४ वर्ष यता नेपालमै उत्पादन हुन थाले पछि रेड बुलले ह्वात्तै चिसो पेय पदार्थको बजार लिएको छ ।

तत्कालका लागि शक्ति प्रदान गर्ने इनर्जी ड्रिंक्सको सेवनले स्वास्थ्यलाई कमजोर बनाउने एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार मध्यम साइज कप कफीमा करिब एक सय ५० मिलिग्राम क्याफिन हुने गर्छ, जबकी इनर्जी ड्रिंक्समा भने यसको मात्रा पाँच सय ग्रामसम्म हुने गरेको पाइएको छ ।

यी दुई मध्ये कुनै एक ठीक भन्ने नभएपनि इनर्जी ड्रिंक्समा पाइने असाधारण क्याफिनको मात्राले स्वाथ्यलाई कमजोर बनाउन मद्दत गर्ने भएकाले यसमा व्यापक बहसको आवश्यकता रहेको डाक्टरहरुको भनाई छ । 

इनर्जी ड्रिंक्समा मानव स्वास्थ्यमा असर गर्नसक्ने तत्व अत्यधिक पाइने अध्ययनले देखाएपछि भारतको फुड सेफ्टी र स्टान्डर्ड अथोरिटी अफ इन्डीयाले मुलुकमा त्यस्ता इनर्जी ड्रिंक्सको उत्पादन तथा बेचबिखनमा समेत रोक लगाएको छ । यसमा पाइने क्याफिनले मानव शरीरमा असर गर्ने रिपोर्ट सार्वजनिक भएपछि भारतले यस्तो निर्णय गरेको हो ।

यसको नियमित सेवनले मानिसलाई लत बसाउने अध्ययनमा उल्लेख गरिएको छ । अध्ययन रिपोर्टमा भनिएको छ, ‘जसरी, धुम्रपान मध्यपानको सेवनले मानिसमा लत बसाल्छ त्यस्तै यसमा पाइने तत्वले पनि मानिसलाई सेवनको लत बसाल्छ ।’ कन्सल्टेन्ट साइक्याटीस्ट डा. मनिश गुप्ताका अनुसार युवाहरुले विशेष गरी परीक्षाको समय तथा साथीसँग हुँदा इनर्जी ड्रिंक्स प्रयोग गर्ने गर्छन् । विस्तारै उनीहरुले यसको लत बस्न थाल्छ ।

गुप्ताले आफुसँग इनर्जी ड्रिंक्स प्रयोग गर्ने विरामीहरु आउने गरेको र उनीहरुमा निद्रा नलाग्ने, चर्काे प्रकाश अगाडी पर्दा इरिटेट महसुस हुने लगाएतका समस्या रहेको बताए । नेशनल इन्सटीच्युट अफ साइक्याट्रीमा कार्यरत डा. निखिल राहेजाका अनुसार कतिपय कम्पनीहरुले त यस्ता पदार्थको उत्पादन गर्न सहि कम्पोजिसन समेत उल्लखे नगर्ने गरेको बताउँछन् । उत्पादक कम्पनीसँग यस विषयमा जानकारी माग्दा झारा टार्ने जवाफ दिने गरेको डाक्टरहरुको भनाई छ । बरु आफ्नो उत्पादनको बारेमा बढाइचढाई विज्ञापन तथा प्रवद्र्धन गरेको डाक्टरहरुको आरोप छ । तर यस्ता पदार्थले गहिरो मानसिक समस्या उत्पन्न गराउने विज्ञहरुको दाबी छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला