२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइको महिनावारी किन नियमित छैन ? यस्तो हुनसक्छ कारण !

२०७५, २१ श्रावण सोमबार ०६:१९

धेरैजसो महिलाहरु समयमै महिनावारी हुदैनन् | महिनावारी समयमै नभएको गुनासो गर्ने महिलाको सँख्या दिनानु दिन बढ्दै गएको छ । नियमित समयमा महिनावारी नहुनुको कारणमा हर्मोनको असन्तुलन एक कारण हो।

‘शरीरमा हुने इन्ड्रोक्रााइन ग्ल्यान्डले उत्सर्जन गर्ने हर्मोनले महिनावारी समयमै गराउने गर्दछ । यसरी उत्सर्जन हुने हर्मोनको सन्तुलन बिग्रियो भने महिनावारी गडबड हुन्छ ।

कहिलेकाहिँ खानपानको कारणले पनि महिनावारी तलमाथि पर्न जान्छ । पोषणको अभावका कारण महिला कमजोर हुने गर्दछन् । त्यस्तै असाध्यै मोटाउँदा अथवा दुब्लाउदा शररीमा महिनावारी गराउने तत्वको मात्रा घटबढ भई महिनावारीमा अनियमिता आउने गर्दछ ।

तनाव पनि महिनावारी गढबढीको कारणमध्यमै पर्छ । बढी तनाव भएको महिना महिनावारी तलमाथि पर्न सक्छ । परिक्षाको समयमा पनि किशोरीहरुको महिनावारीमा तलमाथि हुन सक्छ ।

पाठेघरका  विभिन्न किसिमका समस्याले पनि महिनावारी रोकिन सक्छ । यसैगरी उमेरका कारण पनि महिनावारीमा गढबढी आएको हुनसक्नेमा ध्यान दिन जरुरी हुन्छ जस्तो कि महिनावारी भएको शुरुको ४ देखि ५ वर्षको अवधिमा तलमाथि भइनै रहन्छ र महिनावारी सुक्ने अवस्थामा पनि तलमाथि परे डराउन पर्दैन ।

केही महिलामा १५ दिनको फरकमा पनि महिनावारी हुने समस्या हुन्छ । यो एकदम कम महिलामा हुने समस्या हो । महिनावारी हुने तालिका पहिलेदेखि नै १५ दिन रहेको भए सामान्य नै हो  । एक्कासी १५ दिनमै फेरि दोहोरियो भने चाहिँ कुनै खराबी आएको बुझनुपर्ने हुन्छ । यस्तो बेलामा चाहिँ ढिलो नगरी चेकजाँच गराउँदा राम्रो हुन्छ ।

पछिल्लो समय आकस्मिक गर्भ निरोधक चक्कीको प्रयोग बढेको छ । यसको गलत प्रयोगले पनि महिनावारीमा समस्या निम्त्याएको हुन सक्छ ।

महिनावारी ३० दिनमा भइरहेको थियो तर १० दिन ढिला भयो भने त्यसलाई गडबढी भएको बुझ्नुपर्छ तर कसैको हरेक महिना ४० दिनको फरकमा हुन्छ भने त्यसलाई गडबढी मान्न हुँदैन ।

‘महिनावारी गडबढी व्यक्तिपिच्छे फरक पर्ने हुन्छ । २८ वा ३० दिनमै महिनावरी हुनु पर्ने कुनै नियम छैन । शुरु देखि जस्तो भइरहेको छ । अहिले पनि त्यस्तै हो भने त्यो सामान्य हो । यसैगरी तीन चार दिनको तलमाथि हुनुलाई पनि सामान्य नै मानिन्छ ।

अनियमित महिनावारीले हाम्रो दैनिक जीवनमा पनि असर पारिरहेको हुन्छ ।  यसबाट जोगिन शरीरलाइै चाहिने पोषक तत्वको नियमित सेवन गर्नुपर्छ ।  तनावलाई कम गर्ने विभिन्न उपायहरु अवलम्बन गर्नुपर्छ । त्यस्तै समय–समयमा थाइराइड जचाइ राख्ने एवम् डाक्टरको परामर्श लिइरहने गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला