२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसरी उमार्ने दशैंको जमरा ? के महत्व छ जमराको ? (उमार्ने तरिका सहित)

२४ आश्विन २०७५, बुधबार ०४:३०

असोज २४, काठमाडौँ | हिन्दुहरुको सबैभन्दा महत्वपूर्ण पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज बिशेष गरि जमरा राख्ने दिन पनि हो । दशैमा राखिने जमराको आफ्नै धार्मिक महत्व छ । 

दसैंमा मान्यजनबाट टीका ग्रहण गर्दा टीका सँगै कानमा लगाइने धान, गहूँ, मकै र जौका लामा आँकुरालाई नै जमरा भनिन्छ । विजयादशमी र जमरा नेपाली संस्कृति एवं परम्पराका परिपूरक शब्द हुन् । 

घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र हो । दशैँमा बाहेक अन्य समयमा पनि पुजा-आज्ञा हुन्छ तर जमरा राखिदैन । बडादसैँको पहिलो दिन दशैंघरमा घटस्थापना गरी त्यस घटमा गोवरले रेखा बनाई जौ रोपण गरिन्छ । यसैगरी नदीबाट ल्याइएको बालुवाको वेदी बनाई त्यसमा पनि जौ छरिन्छ । विभिन्न जातजातिमा धान, गहुँ मकैजस्ता अन्न पनि जौमा मिसाएर छर्ने चलन छ । जौ रोपिएको घडामा विभिन्न देवीदेवताको आहृवान गरी घडामाथि थालीमा भगवती दुर्गाको प्रतिमा राखिन्छ । नवरात्रभरि भगवती दुर्गाका नौ स्वरूपको पूजा यस घडामा अवस्थित थालीमा गरिन्छ । यसरी उम्रेको जमरा विजयादशमीको दिन आफ्नो कुलदेवताहरूलाई अर्पण गरी प्रसाद स्वरूप पुर्णिमाको दिनसम्म लगाउने गरिन्छ । 

जौलाई संस्कृतमा यव भनिन्छ । खाद्य पदार्थको दृष्टिले पौष्टिक पदार्थ हो भने जौलाई स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ । पछिल्लो समय जौ को जुस भन्दै मिडियाहरुमा पनि यसका बिशेषताको बारेमा धेरै सुन्न र पढ्न पाइन्छ । वैदिक ग्रन्थमा जौलाई रोग दूर गर्ने, यज्ञयज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रूपमा लिइएको छ । यसैकारण हुनसक्छ यज्ञयज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा गरिएको पाइन्छ । पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिएको छ । पुराणमा भगवान् श्रीकृष्णले पनि औषधिहरूमा म जौ हुँ भनेर भन्नुभएको हुनाले पनि यसको धार्मिक महìव कत्तिको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । 

वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्व धेरै छ । आयुर्वेदिक ग्रन्थमा जौ र जौको अङ्कुरबाट गर्न सकिने उपचारको उल्लेख भएको पाइन्छ । आधुनिक चिकित्साअनुसार विविध रोगका लागि जौ उपयुक्त रहेको आजका वैज्ञानिकहरूले पत्ता लगाएका छन् । चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद -क्यान्सर) एवं मधुमेहजस्ता रोगहरूलाई ज्यादै फाइदा पुर्‍याउँछ । यसको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउने भनाइ छ । यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरूलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले चाँडै शरीरमा तागत आउने कुरा विभिन्न खोजबाट पत्ता लागिसकेको छ । 

कसरी उमार्ने दशैंको जमरा ?

१. जमरा उमार्न सर्वप्रथम जौ, गहुँ, धान र मकैको बिउ प्रयोग गर्नुपर्छ ।

२. दशैंको जमरा उमार्न शुद्ध तथा अध्याँरो ठाउँ छान्नुहोस् ।

३. सर्वप्रथम जौं/मकै/धान/गहुँको बिउलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्नुहोस् ।

४. अब एक दुना र अर्को टपरीमा माटो राख्नुहोस् र भरिने गरि भिजाएर राखिएका बिउहरु राख्नुहोस् र हल्का माटोले ढाकिदीनुहोस । साथै राखिएको जमरामा हरेक दिन पानी हाल्न भने भुल्नु हुँदैन । साथै घामको सोझो सम्पर्कमा पनि राख्नु हुँदैन । टपरी छैन भने गमलाको पनि प्रयोग गर्न सकिन्छ ।

५. अब दुना र टपरीमा पानीले माटो भिज्नेगरी राखेर अध्यारो र ओशिलो स्थानमा लगेर राख्नुहोस् ।

६. फुलपातीको दिनसम्ममा तपाइले रोपेको बिउहरु अंकुराई सकेको हुन्छ ।

७. अष्टमीका दिन दुनामा अंकुराएको जमराको प्रयोग गरिने चलन छ । दशैंको दिन खसी/राँगा काट्दा उक्त दुनाको जमरा प्रयोग गरेर पुजा गर्ने चलन पनि छ । 

८. टपरीमा अंकुराएका जमराहरु अष्टमी र नवमीको दिनसम्ममा पहेलो भएर निकै आकर्षक देखिन्छन् जसलाई टिकाको दिन प्रसादको रुपमा प्रयोग गरिन्छ र पुर्णिमाको दिनसम्म पनि उक्त जमराको प्रयोग टिका थाप्न आउनेहरुलाई लगाएर गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली