२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसरी बढाउने रोग प्रतिरोधात्मक क्षमता ? यस्ता छन् जान्नै पर्ने ९ टिप्स

२०७५, २५ आश्विन बिहीबार १०:४१

हामीलाई अनेक किसिमको रोगले आक्रमण गर्न सक्छ । यस्ता आक्रमणबाट बच्नका लागि शरीरमा रोगसँग लड्ने क्षमता हुनुपर्छ । यस्तो क्षमता भएको अवस्थामा हामीलाई सानोतिनो रोगले गाँज्दैन । 

त्यसो त दिनहुँ हामी थरीथरीका खानेकुरा खाइरहेका हुन्छौ । धेरै ठाउँमा पुगिरहेका हुन्छौ । कतै वायु प्रदूषण झेलिरहेका हुन्छौ, कतै रोगीको सम्पर्कमा पुगिरहेका हुन्छौ । यस्तो अवस्थामा हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने हामीलाई त्यसले तुरुन्तै असर गर्न सक्छ । तर, रोगसँग लड्ने क्षमता भएको अवस्थामा भने यस्ता संक्रमणलाई शरीरले सजिलै पचाइदिन्छ । हामी निरोगी हुन्छौ । स्वस्थ्य हुन्छौ ।

तर, रोगसँग लड्ने क्षमता सबैको एकनास हुँदैन । यसका लागि हामीले शरीरलाई त्यही अनुसार तयार पनि राख्नुपर्छ । कसरी त ?

१. पानी

यो प्राकृतिक औषधि हो । प्रचुर मात्रामा शुद्ध पानीको सेवनले शरीरमा जम्मा भएका कति प्रकारका विषालु तत्वहरुलाई बाहिर निकाल्छ र प्रतिरोधक क्षमता बढ्छ । पानी तातो, मनतातो वा चिसो खान सकिन्छ । तर, फ्रिजको पानीबाट भने जोगिनुपर्छ ।

२. मौसमी फल

मौसम अनुसार जुन फल उपलब्ध हुन्छ, त्यो सेवन गर्नुपर्छ  । साथै रसिलो फलफूले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । सुन्तला, मौसम आदि रसिला फलहरुमा भरपूर मात्रामा खनिज, लवण तथा भिटामिन सी हुन्छन् । यिनीहरुले प्रतिरोधक क्षमता बढाउन महत्वपूर्ण भूमिका निभाउँछन् । चाहे सिंगो फल खानुस वा यसको रस निचोरेर । रसमा चिनी वा नून पनि मिलाउन सकिन्छ ।

३. ड्राइ फ्रुट्स

चिसो मौसममा ड्राइ फ्रुट्सको सेवन फाइदाजनक हुन्छ । यिनीहरुलाई रातभरी भिजाएर राखेर बिहान चिया वा दूधको साथमा खान सकिन्छ । खाना खानुभन्दा आधा घन्टा अगाडि ड्राइ फ्रुट्स खानु स्वास्थ्यका लागि हितकर हुन्छ ।

४. अंकुरित अन्न

अंकुरित अन्न (जस्तै मुङ, चना, केराउ आदि) तथा भिजाइएको दाल भरपूर मात्रामा सेवन गरौं । अन्नलाई अंकुरित गर्दा त्यसमा रहेका पोषक तत्वहरुको क्षमता बढ्छ । यो पचाउन सजिलो हुनुका साथै पौष्टिक र स्वादिष्ट पनि हुन्छ ।

५. सलाद

भोजनसँग सलादको उपभोग बढिभन्दा बढि गर्नुस । भोजनलाई पूर्णरुपमा पचाउनका लागि सलादको सेवन जरुरी हुन्छ । टमाटर, मुला, गाजर, प्याज, चुकन्दर आदिलाई सलादमा समावेश गर्नुस । यिनीहरुमा प्राकृतिक रुपमा रहेको नून हाम्रो लागि पर्याप्त हुन्छ । माथिबाट नून हाल्नु आवश्यक छैन ।

६. चोकरसहित अन्न

गहुँ, कोदो, मकै जस्ता अन्नहरुको सेवन चोकरसहित गर्नु राम्रो हुन्छ । यसबाट कब्जियत हुँदैन र प्रतिरोधि क्षमता चुस्त दुरुस्त रहन्छ ।

७. तुलसी

तुलसीको धार्मिक महत्व आफ्नो ठाउँमा छ तर यसका साथै यो एउटा एन्टिबायोटिक, दुखाई कम गर्न तथा रोग प्रतिरोधक क्षमता बढाउन पनि फाइदाजनक छ । दैनिक विहान तुलसीको ४-५ वटा पत्ता सेवन गर्ने गरौं ।

८. योग

योग वा प्राणायामले शरीरलाई स्वस्थ तथा रोगमुक्त राख्नमा महत्वपूर्ण भूमिका निभाउँछ । कुनै गुरुबाट योग सिकेर हरेक दिन घरमा अभ्यास गरौं ।

९. हाँसो

हाँस्नाले रक्तसञ्चार सुचारु हुन्छ र हाम्रो शरीरले अधिक मात्रामा अक्सिजन ग्रहण गर्छ । तनावमुक्त भएर हाँस्दा शरीरको रोग प्रतिरोधक क्षमता बढाउन पनि मद्दत मिल्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला