योनिबाट पानी बग्नु :

योनिका केही तन्तुबाट श्राव पैदा हुन्छ । सर्भिक्स र यसको ग्रन्थीहरुबाट म्यूकस सेक्रेशनको आपूर्ति भएराखेको हुन्छ । महिनावारीको बेलामा इन्डोमेटियमबाट सेक्रेशन निस्कन्छ । यौनक्रिडाको बखत द्यबचतजयष्लिक ग्रन्थीबाट श्र"/> Sajhasabal योनिबाट पानी बग्नु :

योनिका केही तन्तुबाट श्राव पैदा हुन्छ । सर्भिक्स र यसको ग्रन्थीहरुबाट म्यूकस सेक्रेशनको आपूर्ति भएराखेको हुन्छ । महिनावारीको बेलामा इन्डोमेटियमबाट सेक्रेशन निस्कन्छ । यौनक्रिडाको बखत द्यबचतजयष्लिक ग्रन्थीबाट श्र"/>

३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“भन्दा लाज लाग्छ, नभन्दा समस्या झन् बढ्छ” यस्ता हुन्छन् – महिलाका समस्याहरु

२७ आश्विन २०७५, शनिबार १७:४३

योनिबाट पानी बग्नु :

योनिका केही तन्तुबाट श्राव पैदा हुन्छ । सर्भिक्स र यसको ग्रन्थीहरुबाट म्यूकस सेक्रेशनको आपूर्ति भएराखेको हुन्छ । महिनावारीको बेलामा इन्डोमेटियमबाट सेक्रेशन निस्कन्छ । यौनक्रिडाको बखत द्यबचतजयष्लिक ग्रन्थीबाट श्राव हुन्छ । सबै महिलाहरुमा योनीमार्गलाई चिल्लो पार्न केही श्राव भइराखेकै हुन्छ । बढी श्राव भयो भन्दैमा केही चिन्ता गर्नुपर्दैन ।

योनि चिलाउने :

यो महिलाहरुमा हुने सामान्य समस्या हो । भन्नपनि लाज लाग्ने, नभन्दा समस्या विकराल बन्दै जाने । यो समस्यामा सेतो पानी बग्ने तथा योनिका भित्ताहरुमा चिलाउने हुन्छ । चूर्णा परे पनि गुह्द्धारबाट सर्दैसर्दै वर आइपुग्छन् र योनि चिलाउने हुन्छ । हर्षा भएमा, न्यूरोसिस र महिनावारी हुनुभन्दा पहिले पनि यौनी चिलाउने गर्छ ।

गर्भवती अवस्था यस्तो समस्याले बढी नै सताउछ, राती गुम्सिएपछि त कन्याउँदा घाउ पनि हुन्छ । पिसाब मात्र जाँच गरेमा पनि धेरै कुरा पत्ता लाग्छ । यदि कारण पत्ता लागेन भने चिलाउन रोक्ने उपाय अपनाउनु पर्छ । चिलाउन रोक्ने, निद्रा नपरेमा निद्राको औषधि दिन सकिन्छ । रोग निको पार्ने पहिलो कडी सरसफाई अपनाउनु हो । भल्भमा क्यान्सर भएर चिलाउँने समस्या देखिएको हो, भने यसलाई त शल्यक्रियाबाटै उपचार गर्नुपर्छ ।

रक्तश्राव धेरै हुनु :

धेरै दिनसम्म रक्तश्राव भइराखे रक्तल्पता हुनसक्छ । यो रोग होइन तर रोगको लक्षण हो । सामान्य कारणमा पेल्भिक क्षेत्रका दिर्घरोगहरु हुन सक्छन् । अर्को कारणमा, शरीरमा इष्ट्रोजेन हर्मोन बढी निस्कनु पनि हो । धेरै दिनसम्म महिनावारी रोकिएर रक्तश्राव भएमा पनि धेरै रगत हुन्छ ।

महिनावारी :

प्रत्येक महिलाले प्रत्येक महिनामा निश्चित समयको अन्तरमा एक किसिमको रक्तश्राव योनिबाट बाहिर निस्कन्छ र यसले गर्भ रहनसक्ने कुराको सङ्केत दिन्छ । यसलाई नै महिनावारी भन्दछन् । यो सामान्यतयाः गर्मी प्रदेशमा १२–१३ बर्षमा र शीतोष्ण प्रदेशमा १५–१६ बर्षमा सुरु हुन्छ । र ४५–५० बर्षको उमेरसम्म रहन्छ । कुनै बालिकाको ११ बर्षभन्दा पहिला महिनावारी भएमा र १७ बर्षसम्म पनि नभएमा स्त्रीरोग विशेषज्ञसँग जचाउँनुपर्छ । यो रक्तश्राव हुने प्रक्रिया ३ देखि ५ दिनसम्म हुन्छ । महिनावारी सुरु हुनु किशोरी अवस्था समाप्तिको सङ्केत हो । यसको अर्थ बिहे गरी दिनुपर्छ भन्ने होइन । धेरै रक्तश्राव र कम रक्तश्राव दुबै खतराका सङ्केत हुन । रजस्वला हुँदा करिब ५० मि.लि. रगत बग्छ । एक रजस्वला भएदेखि अर्को रजस्वला हुने अवधिलाई रजस्वला चक्र भनिन्छ । धेरैजसो महिलाहरुको चक्र २१ दिन र २८ दिन हुन्छ ।

अनियमित रक्तश्राव हुनु :

यो क्यान्सरको सुरुको लक्षण पनि हुनसक्छ भन्ने कुरा बिर्सन हुँदैन । कुनै पनि महिलाको प्रजनन् वा ःभलयउबगकभ को अवस्थापछि पनि रक्तश्राव भएमा क्यान्सर हुन लागेको छ कि भनेर चेक गर्नुपर्दछ । यदि सर्भिक्स भ्चयकष्यल देखिएमा पाठेघरको क्यूरेट गरेर जाँच्नु पर्छ । अनियमित रक्तश्राव हुने कारणमा पोलिपको कारणले, गर्भपतन पूर्ण नभएमा, एष्ट्रोजन हार्मोन खाादा खाँदै बन्द गरेमा हुन्छ । रक्तश्रावलाई पूरा जाँच गरेर कारण पत्ता नलगाई त्यत्तिकै छोड्नु हुँदैन ।

रजस्वलापछि अण्डाबाट इप्ट्रोजन निस्कन्छ, करिब १३–१४ दिनपछि एउटा अण्डा वा फुल निस्कन्छ । यसले गर्भाशयमा बच्चाराख्ने शक्ति बृद्धि गर्छ तर गर्भ नरहेमा सानो हुँदै बिलाएर जान्छ । साथसाथै हर्मोनको उत्पादन घट्दै जान्छ र रगतका नली फुटी रगत बग्छ । गर्भ नरहेमा रजस्वला हुन्छ ।

- डा. विष्णुप्रसाद पण्डितको तत्काल डाक्टर नभएमा पुस्तकबाट साभार

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड