३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के महिनावरीमा महिलाहरु अशुद्ध हुन्छन् ? यस्ता छन् केही भ्रमहरु र तीनका यथार्थता

१६ कार्तिक २०७५, शुक्रबार ०९:००

मासिक श्राव भएको अवस्थालाई हामी ‘पर सरेको’अथवा ‘अशुद्ध भएको’ भन्ने गर्छौं । यहि मान्यताका कारण महिलाहरुलाई खानेकुरा छुन दिइदैन, पूजाआजामा बन्देज लगाइन्छ । शुभकार्यका लागि यो अवस्थामा अनुमति दिइदैन ।

मासिक श्राव एउटा शारीरिक चरण हो, जो हरेक महिलाहरुको जीवनमा हुने गर्छ । त्यो पनि नियमित रुपमा ।

मासिक श्राव हुनु भनेको महिला प्रजननका निम्ति योग्य भएको संकेत गर्छ । तर, सामाजिक चेतनाका अभावमा पहिलोपटक महिनावारी हुँदा केटीहरु डराउने गर्छन् । विभिन्न धार्मिक मान्यताले गर्दा उनीहरुलाई घरभित्र धेरै कामहरु गर्न रोक लगाइन्छ । गाउँको कुरा छाडौं शहरी समाजमा पनि महिनावारी भएका महिलालाई थुप्रै कुरामा बन्देज छन् ।

सामाजिक चेतनाको अभावमा नै महिनावारीबारे भ्रम विद्यमान रहेका हुन् । यहाँ हामी त्यस्तै केही भ्रमहरु र तीनको यथार्थ प्रस्तुत गर्दैछौ :

१. महिनावारी भएकी महिला फोहोरी र अशुद्ध हुन्छिन्

महिनावारीमा फोहोरी र असुद्धता केही पनि हुँदैन । यो तपाईं प्रजननका लागि योग्य हुनुहुन्छ भन्ने एउटा प्रमाण हो ।

२. महिनावारी भएन भने गर्भवती भएको हो ?

गर्भ रहन गयो भने महिनावारी रोकिन्छ, तर महिनावारी रोकिनुका अरु पनि थुप्रै कारण हुन सक्छन् । जस्तै तनाव, खराब खानपिन, वजन घटनु, हार्मोनमा परिवर्तन, आदि । यदि पटक पटक महिनावारी रोकियो भने डाक्टरसँग परामर्श लिनुपर्छ ।

३. महिनावारीको बेला पुजा गर्नु हुँदैन

माथि नै भनियो कि महिनावारीमा असुद्धता केही हुँदैन । तर, हाम्रो समाजमा महिनावारी भएकी महिलालाई व्रत बस्न, मन्दिर जान र पुजा गर्न रोक लगाइन्छ । यो गलत सोच हो ।

४. महिनावारीमा अचार छोयो भने बिग्रिन्छ

यो सबैभन्दा हास्यास्पद र निराधार सोच हो । मानौं कि यी दिनमा महिलाहरुको हातबाट जीवाणु र किटाणु एकसाथ निस्केर अचारमा जान्छन् र अचार बर्बाद हुन्छ । यो बकवास कुरा हो ।

५. मासिक धर्मले शरीर कमजोर हुन्छ

यो बिल्कुल असत्य हो । तपाईंको शरीर रगतको कमिले गर्दा कमजोर हुँदैन । महिनावारी हुँदा तपाईंको शरीरबाट औसत १ सय ५० मिलिलिटर रगत जान्छ,जुन केवल ४-५ चम्चा । तर, यदि तपाईंको शरीरमा रगतको कमी छ भने अर्कै कुरा हो ।

६. महिनावारीको रगत दुर्गन्धित हुन्छ

विल्कुल हुँदैन । मासिक धर्मको दौरान निस्कने रगत अरु बेला शरीरका अन्य अंगबाट बग्ने रगतभन्दा फरक हुन्दैन । यसमा कुनै किसमको गन्ध र असामान्य पदार्थ हुँदैन ।

७. महिनावारीमा नुहाउँदा बाँझोपन हुन्छ

यो गलत धारणा विशेषगरी अफगानिस्तानमा पाइन्छ । त्यहाँको मान्यता छ कि महिनावारीमा नुहाएको खण्डमा महिलाको प्रजनन क्षमतामा असर पर्छ ।

८. सेनेटरी नेप्किनबाट क्यान्सर फैलिन्छ

बोलिभियामा के अन्धविश्वास छ भने यदि प्रयोग गरिएको नेप्किन कुनै पुरुषले देख्यो भने उसलाई क्यान्सर हुन्छ । यसलाई लिएर कडा चेतावनी नै दिने गरिएको छ । स्कुल जाने छात्राहरु प्राय प्रयोग गरिएको प्याडलाई आफ्नो ब्यागमा राखेर घरै लिएर आउँछिन् किनकी स्कुलको डस्टबिनमा त्यसलाई फ्याक्न पाइदैन ।

अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड