कात्तिक २, बेनी (म्याग्दी) । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरला नाका अवलोकन गर्न जानेको सङ्ख्या ह्वात्तै बढेको छ । 

सरक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २, बेनी (म्याग्दी) । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरला नाका अवलोकन गर्न जानेको सङ्ख्या ह्वात्तै बढेको छ । 

सरक"/>

2026-09-08 10:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

मुस्ताङको कोरला नाका अवलोकन गर्न जाने आन्तरिक पर्यटक बढे

कात्तिक २, बेनी (म्याग्दी) । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरला नाका अवलोकन गर्न जानेको सङ्ख्या ह्वात्तै बढेको छ । 

सरकारले नाका सञ्चालनका लागि चीनसँग कूटनीतिक संवाद र भौतिक संरचनाको स्तरोन्नति गर्न थालेपछि व्यापारी, विद्यार्थी र अनुसन्धानकर्ता नाका पुगेर त्यहाँको वस्तुस्थिति अवलोकन गर्न थालेका हुन् । 

पश्चिमाञ्चल क्षेत्रका व्यापारी दसैँको बिदा मनाउन नाका अवलोकन गर्न थालेको लोमान्थाङका स्थानीय सुवर्ण विष्टले जानकारी दिनुभयो । “नाका खुले व्यापारिकरुपमा कसरी लाभ लिन सकिन्छ भन्ने नै व्यापारीको भ्रमणको मुख्य उद्देश्य हुने गरेको छ, उहाँले भन्नुभयो “दसैँलगत्तै लोमान्थाङ पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दैनिक २०० को हाराहारीमा पर्यटक त्यहाँ पुग्ने गरेको विष्टको भनाइ छ । 

लोमान्थाङबाट आधा घन्टाभित्र सवारीसाधनमै कोरलानाका पुग्न सकिन्छ । जीर्ण भएपनि नाकासम्म सडक सञ्जाल पुगेपछि सर्वसाधारणको पहुँच बढ्दै गएको हो । 

सीमा क्षेत्रमा चिनियाँ पक्षले सुरक्षामा कडाइ गर्ने भएकाले धेरै बेरसम्म बस्न नपाइने त्यहाँ पुगेका म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यको भनाइ छ । “नाका सञ्चालनका विषयमा हामीले आफ्नो ठाउँबाट व्यापक दबाब दिइरहेका छौँ, यो जसरी पनि खुल्नुपर्छ,” शाक्यले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित