कात्तिक ३, दोलखा । नेपालको स्विजरल्यान्डको उपमा पाएको दोलखाको जिरीमा आउने पर्यटकको गन्तब्य अहिले जिरी विमानस्थलमा सञ्चालित फिसिङ फार्म (माछा पोखरी) बन्दै गएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३, दोलखा । नेपालको स्विजरल्यान्डको उपमा पाएको दोलखाको जिरीमा आउने पर्यटकको गन्तब्य अहिले जिरी विमानस्थलमा सञ्चालित फिसिङ फार्म (माछा पोखरी) बन्दै गएको छ "/>
2026-09-08 10:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटकको रोजाइमा फिसिङ फार्म र रमिते डाँडा

कात्तिक ३, दोलखा । नेपालको स्विजरल्यान्डको उपमा पाएको दोलखाको जिरीमा आउने पर्यटकको गन्तब्य अहिले जिरी विमानस्थलमा सञ्चालित फिसिङ फार्म (माछा पोखरी) बन्दै गएको छ । 

मौसममा सुधार आएसँगै जिरी घुम्न आउने पर्यटकको रोजाइमा फिसिङ फार्म पर्ने गरेको हो । 

दोलखाको सुन्दर नगरी जिरीमा भूकम्पपछि पर्यटकको सङ्ख्या घटेर शून्य अवस्थामा झरेको थियो । भूकम्पका कारण ठूलो भौतिक क्षति बेहोरेको जिरी अहिले बिस्तारै पुनःनिर्माणका साथ पुरानो लयमा फर्कंदैछ । 

केही साताअघिदेखि मात्र मौसममा सुधार आएपछि जिरी घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा पनि वृद्धि आएको हो । देशका विभिन्न क्षेत्रबाट जिरीमा आउने पर्यटकको पहिलो गन्तव्य जिरीको फिसिङ फार्म बन्ने गरेको पाइएको छ । 

भूकम्पअघिसम्म जिरी आउने पर्यटकका लागि मुख्य आकर्षक गन्तव्य जिरी प्राविधिक शिक्षालय, पशु विकास फार्म, जिरी, जिरेश्वर मन्दिर लगायतका ठाउँ पर्ने गरेकामा अहिले जिरी आउने पर्यटकको नयाँ गन्तव्यका रुपमा फिसिङ फार्म र चारसय आठ खुड्किला माथिको रमिते डाँडा पनि थपिएको छ । 

फिसिङ फार्म सञ्चालक बाबुराजा श्रेष्ठका अनुसार दैनिक ५० देखि ७० जनाको हाराहारीमा आन्तरिक पर्यटकले फिसिङ फार्मको अवलोकन तथा भ्रमण गर्ने गरेका छन् । फिसिङ फार्ममा माछा मार्न पाइने र माछा खान पाइने भएकाले पर्यटकको जिरी बसाइलाई लम्ब्याउनुका साथै पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित