चैत ८, काठमाडौँ । राष्ट्रिय ताल संरक्षण विकास समितिले नेपालमा पाँच हजार तीन सय ५८ वटा प्राकृतिक ताल रहेको जनाएको छ । 

पर्यटकीय दृष्टिकोणले मह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ८, काठमाडौँ । राष्ट्रिय ताल संरक्षण विकास समितिले नेपालमा पाँच हजार तीन सय ५८ वटा प्राकृतिक ताल रहेको जनाएको छ । 

पर्यटकीय दृष्टिकोणले मह"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा पाँच हजारभन्दा बढी प्राकृतिक ताल

२०७३, ८ चैत्र मंगलवार ११:१६


चैत ८, काठमाडौँ । राष्ट्रिय ताल संरक्षण विकास समितिले नेपालमा पाँच हजार तीन सय ५८ वटा प्राकृतिक ताल रहेको जनाएको छ । 

पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेका ५०० मिटर उचाइभन्दा तल दुई हजार ७१२ वटा, ५०० मिटरभन्दा माथि तीन हजार मिटरभन्दा तल्लो क्षेत्रमा ४१९ र तीन हजारभन्दामाथि उचाइका दुई हजार २२७ ताल रहेका छन् । 

समितिका अध्यक्ष नानीकाजी थापाले पोखरीभन्दा ठूला पानी जम्मा भएका ठाउँलाई तालको रुपमा वर्गीकरण गरिएको बताउनुभयो । “तालले पर्यटनको आगमनसँगै माछापालन र मनोरञ्जनमा ठूलो सहयोग पुगेको छ,”उहाँले भन्नुभयो । 

नेपालका बाँतर (सर्दार), बाह्रामुस, बोटे, दनुवार, दरै, दुसाध, झाङ्गड, केवट, सवास (राझी), खुना, कुमाल, कुसहर माझी, पोडेलगायत समूहले तालतलैयाबाट आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । 

सबैभन्दा धेरै तालतलैया भएका जिल्लामध्ये हुम्लामा तीन सय ८१, ताप्लेजुङमा तीन सय ८०, कपिलबस्तुमा तीन सय ५१, सोलुखुम्बुमा तीन सय ३९, रुपन्देहीमा दुई सय ८९, बाँकेमा दुई ४३, धनुषामा दुई सय ३० तथा डोल्पामा २१० ताल रहेका तथ्याङ्क छ । 

विसं २०६३ फागुन २३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार नेपालका सम्पूर्ण ताल तलैया, दह, कुन्ड, पोखरी एवम् सिमसारको संरक्षण तथा सम्बद्र्धनका लागि समितिको स्थापना भएको थियो । समितिले ताल संरक्षणका लागि सम्पूर्ण तालको तथ्याङ्क सङ्कलन गरी सरकारलाई आवश्यक परामर्श दिँदै आएको अध्यक्ष थापाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने