२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन: पर्यटन क्षेत्र विस्तारका लागि १ करोड ७३ लाख

१२ माघ २०७४, शुक्रबार १०:०४

माघ १२, चितवन | पूर्वी चितवनको खैरहनी नगरपालिकाले पर्यटन क्षेत्र विस्तारका लागि रु एक करोड ७३ लाख बजेट विनियोजन गरेको छ । 

उक्त नगरपालिकाले सौराहा र कुमरोजलाई जोडेर अन्य क्षेत्रमा समेत पर्यटन विस्तार गर्ने काम शुरु गरेको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले जानकारी दिनुभयो । 

पर्यटन विस्तारका लागि रु एक करोड ७३ लाख बजेट छुट्याइएको छ । पर्यटनका हिसाबले सौराहाबाट कुमरोज जोडिएको र त्यसलाई अझ विस्तार गर्दै कठार र कङ्काल सामुदायिक वनसम्म पुर्याउने योजना नगरपालिकाले अघि सारेको उहाँको भनाइ छ । 

नगरको पर्यटकीय महत्व बोकेको कङ्काली सामुदायिक वनमा मचान (भ्यू टावर) निर्माणका लागि रु ५९ लाख, वनभोज स्थललगायत पूर्वाधार निर्माणका लागि रु २९ लाख, कुमरोज सामुदायिक वनमा मेसजाली निर्माणका लागि रु १५ लाख र भ्यू टावरका लागि रु ४० लाख बजेट विनियोजन गरिएको छ । 

खगेन्द्रमल्ली मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत रहेको वन, कुमरोज वन र कुचकुचे वन जोड्ने गरी पर्यटन मार्ग निर्माणका लागि रु ३० लाख विनियोजन गरेर काम भइरहेको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बताउनुभयो । 

सो मार्ग निर्माण भएपछि कुमरोजको जिप सफारी समेत विस्तार हुने कुमरोज मध्यवर्ती सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिनुभयो । सौराहा आउने पर्यटक घुम्न आउँदा कुमरोजमा चिया खाने, कठार पुग्दा खाना खाने र कङ्काली पुग्दा खाजा खाने गरी गतिविधि सञ्चालन गर्न सके यहाँका स्थानीयवासीको आयआर्जनमा समेत वृद्धि हुने नगर प्रमुख चौधरीको बताउनुहुन्छ । 

खैहरनी नगरपालिकाको कुमरोज र कठार क्षेत्र चितवन निकुञ्जसँग जोडिएको राप्ती नदी र वन्यजन्तुको वासस्थान हो । यहाँ पर्यटक जिप सफारी, हात्ती सफारी, पैदलवाक तथा मचानमा बसेर वन्यजन्तु, चराचुरुङ्गी हेर्न र दृष्यावलोकन गर्न मन पराउछन् । पर्यटकलाई जिप सफारी गराएर मात्रै कुमरोजमा गएको एक वर्षमा रु ३० लाख आम्दानी भएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ