२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन: पर्यटन क्षेत्र विस्तारका लागि १ करोड ७३ लाख

२०७४, १२ माघ शुक्रबार १०:०४

माघ १२, चितवन | पूर्वी चितवनको खैरहनी नगरपालिकाले पर्यटन क्षेत्र विस्तारका लागि रु एक करोड ७३ लाख बजेट विनियोजन गरेको छ । 

उक्त नगरपालिकाले सौराहा र कुमरोजलाई जोडेर अन्य क्षेत्रमा समेत पर्यटन विस्तार गर्ने काम शुरु गरेको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले जानकारी दिनुभयो । 

पर्यटन विस्तारका लागि रु एक करोड ७३ लाख बजेट छुट्याइएको छ । पर्यटनका हिसाबले सौराहाबाट कुमरोज जोडिएको र त्यसलाई अझ विस्तार गर्दै कठार र कङ्काल सामुदायिक वनसम्म पुर्याउने योजना नगरपालिकाले अघि सारेको उहाँको भनाइ छ । 

नगरको पर्यटकीय महत्व बोकेको कङ्काली सामुदायिक वनमा मचान (भ्यू टावर) निर्माणका लागि रु ५९ लाख, वनभोज स्थललगायत पूर्वाधार निर्माणका लागि रु २९ लाख, कुमरोज सामुदायिक वनमा मेसजाली निर्माणका लागि रु १५ लाख र भ्यू टावरका लागि रु ४० लाख बजेट विनियोजन गरिएको छ । 

खगेन्द्रमल्ली मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत रहेको वन, कुमरोज वन र कुचकुचे वन जोड्ने गरी पर्यटन मार्ग निर्माणका लागि रु ३० लाख विनियोजन गरेर काम भइरहेको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बताउनुभयो । 

सो मार्ग निर्माण भएपछि कुमरोजको जिप सफारी समेत विस्तार हुने कुमरोज मध्यवर्ती सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिनुभयो । सौराहा आउने पर्यटक घुम्न आउँदा कुमरोजमा चिया खाने, कठार पुग्दा खाना खाने र कङ्काली पुग्दा खाजा खाने गरी गतिविधि सञ्चालन गर्न सके यहाँका स्थानीयवासीको आयआर्जनमा समेत वृद्धि हुने नगर प्रमुख चौधरीको बताउनुहुन्छ । 

खैहरनी नगरपालिकाको कुमरोज र कठार क्षेत्र चितवन निकुञ्जसँग जोडिएको राप्ती नदी र वन्यजन्तुको वासस्थान हो । यहाँ पर्यटक जिप सफारी, हात्ती सफारी, पैदलवाक तथा मचानमा बसेर वन्यजन्तु, चराचुरुङ्गी हेर्न र दृष्यावलोकन गर्न मन पराउछन् । पर्यटकलाई जिप सफारी गराएर मात्रै कुमरोजमा गएको एक वर्षमा रु ३० लाख आम्दानी भएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा