2026-09-03 05:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पा पदयात्रामा तीन भारतीय पूर्वराजदूत

चैत ३० डोल्पा | नेपालका लागि तीन भारतीय पूर्वराजदूत जिल्लाको प्राकृतिक तथा धार्मिक सौन्दर्यताको दृश्यावलोकनका लागि आउनुभएको छ । 

नेपालका लागि पूर्वभारतीय राजदूतहरु रञ्जित राय, श्याम सुन्दरदेव मुखर्जी र श्याम शरण डोल्पाको भ्रमणमा यहाँ आउनुभएको हो । यहाँको प्राकृतिक सौन्दर्यता र जैविक विविधताले मन लोभ्याएपछि आफूहरु डोल्पाको सौन्दर्यतासँग रमाउन १५ दिने यात्रामा आएका पूर्वराजदूतहरुले बताएका छन् । 

प्रचुर प्राकृतिक सम्पदा, धार्मिक महत्वका साथै पर्यटकीय सम्भावना बोकेको जिल्ला भएकाले डोल्पा घुम्न लालायित भएको पूर्वराजदूत रायले बताउनुभयो । धार्मिक पर्यटकीय महत्व बोकेको त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोटमा रहेको श्रीवालात्रिपुरासुन्दरी भगवतीको दर्शन गर्न पुग्नुभएका रायले यस अघि समेत डोल्पाको भ्रमण गर्नुभएको थियो । उहाँले प्रचार प्रसारको अभावमा डोल्पा ओझेलमा परेको बताउनुभयो । 

डोल्पा शे फोक्सुन्डो, बालात्रिपुरासुन्दरी, जगदुल्ला ताल, धो ताक्सी उपत्यका, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, यार्सागुम्बा लगायतका कारण चर्चित छ । पर्यटक भित्र्याउन राष्ट्रिय सडक सञ्जालसँग डोल्पालाई जोड्न आवश्यक रहेको पूर्वभारतीय राजदुुतहरुले बताएका छन् । भारतीय राजदूतावासको रु तीन करोड ३३ लाख सहयोगमा त्रिपूरासुन्दरी नगरपालिका– १ त्रिपुराकोटमा श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिर निर्माण गरिएको छ । तीनैजना राजदूत जुफाल, त्रिपुराकोट, दुनै, धो ताक्सी, शे फोक्सुन्डो ताल भएर जुफालहुँदै काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही