२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

स्याङ्जाको सिरुबारी झलमल्ल

२०७५, १२ आश्विन शुक्रबार ०४:४४

असोज १२, स्याङ्जा (रासस) | देशकै पहिलो ग्रामीण पर्यटकीय गाउँ स्याङ्जाको सिरुबारीमा सोलार बत्ती जडान गरिएको छ । 

आँधीखोला गाउँपालिका–१ सिरुबारीका २५ घरमा दुई किलोवाट क्षमताको सोलार बत्ती जडान गरिएको हो । घरमा सोलार बत्तीसँंगै सडकमा समेत १० वटा बत्ती जडान गरिएपछि सिरुबारी गाउँ झिलिमिली बनेको छ । पहिला रातिमा आउने पर्यटकलाई लाइन जाँदा स्वागत सत्कार गर्न बत्तीको अभावमा गारो हुने गरे पनि सोलार बत्ती जडान भएपछि अहिले सजिलो भएको छ । अब विद्युत लाइन गएको बेलामा पनि कुनै समस्या नहुने स्थानीयवासी उर्मिला गुरुङले बताउनुभयो । 

सो गाउँमा रु २९ लाखको लागतमा सिरुबारीमा सोलार बत्ती जडान गरिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले देशकै पहिलो ग्रामीण पर्यटकीय गाउँमा विद्युत् लाइन गएको बेलामा पनि पर्यटको स्वागत सत्कार र व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले सोलार बत्ती जडानमा सहयोग गरेको बताउनुभयो । 

सिरुबारी गाउँका स्थानीय बासिन्दासमेत रहनु भएका पूर्व सांसद् डा गणेशमान गुरुङले पर्यटकको बसाइ लम्ब्याउन ‘होमस्टे’ (घरबास) लाई अझ विस्तार गर्नाका साथै भौतिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताउनुभयो । 

गाउँपालिकाका उपाध्यक्ष शर्मिला पौडेलले पर्यटकीय गाउँ सिरुबारीमा पर्यकका लागि आवश्यक थप पूर्वाधार निर्माणका लागि गाउँपालिकाले थप सहयोग गर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने