2026-09-08 11:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमपातले पाथीभरा आउने तीर्थयात्री प्रभावित

पुस १५, काठमाडौँ | गत मङ्गबार र बुधबार भएको हिमपातका कारण ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री प्रभावित भएका छन् । झण्डै एक सय तीर्थयात्री सदरमुकाम फुङ्लिङमा रोकिएका छन् ।

समुद्र सतहदेखि तीन हजार ४०० मिटरको  उचाइमा पर्ने पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएसँगै  पूजापाठ गर्न आउने तीर्थयात्री सदरमुकाममै रोकिएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुुभयो । बाक्लो हिउँ जमेकाले तत्काल पग्लिने सम्भावना नरहेको उहाँले बताउनुभयो । हिमपातले पाथीभरा जाने पदर्माग पुरिएसँगै पदर्माग खुलाउन समस्या भएको छ । 

पाथीभरा मन्दिरमा पूजापाठ गर्न आज मात्रै दुई  तीर्थयात्रीले दुई सहयोगी लिएर गएका छन् । मङ्गलबार  हिमपातकैबीच ६० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पूजापाठ गरेको समितिले जनाएको छ । मौसम खुल्न  सकेको छैन । हिमपातसँगै अत्यधिक जाडो बढेको छ । आज ताप्लेजुङको तापक्रम न्यूनतम २ डिग्री सेल्सियस रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो