2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लायन्सको अधिवेशनलाई लक्षित गरी ‘आकर्षक प्याकेज’

January 4, 2022

पुस २०, काठमाडौँ | रासस | आगामी माघ २९ गते पोखरामा हुने डिष्ट्रिक ३२५ बी नेपालको १०औँ जिल्ला अधिवेशनलाई लक्षित गरी यहाँको पर्यटन व्यवसायीले आकर्षक प्याकेजको तयारी गरेका छन् ।

लायन्सको जिल्ला अधिवेशनका क्रममा गण्डकीका ११ वटै जिल्लासहित काठमाडौँ, नुवाकोट, धादिङ, गुल्मी र अर्घाखाँची जिल्लाबाट करिब छ हजार प्रतिनिधि पोखरामा सहभागी बन्दैछन् । 

अधिवेशन सम्पन्न गर्ने उद्देश्यसाथ महाधिवेशन मूल आयोजक समितिले पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिसँग सोमबार गरेको छलफलमा पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले लायन्स प्रतिनिधिका लागि होटेल सङ्घका तर्फबाट ३० प्रतिशतसम्म छुट दिने बताउनुभयो । पोखराका अन्य पर्यटकीय गतिविधिका लागि पनि सम्बद्ध निकायसँग छुटका लागि पहल गरिने उहाँले बताउनुभयो । “प्याकेजसँगै छ हजार जना प्रतिनिधि र उहाँहरूसँग अन्य परिवारका सदस्यसमेत आएका अवस्थामा त्यसले पोखरामा पर्यटकको सङ्ख्या बढ्ने निश्चित छ,” उहाँले भन्नुभयो, “यति ठूलो कार्यक्रम पोखरामा हुँदा त्यसले यहाँको आन्तरिक पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौँ ।”

सो अधिवेशन यहाँको आन्तरिक पर्यटन विकासका लागि महत्वपूर्ण बन्ने नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् गण्डकी प्रदेशका महासचिव कमला गिरीले बताउनुभयो । कोरोनाले थला परेको पर्यटनलाई यस किसिमका कार्यक्रमले केही न केही राहत पुग्ने बताउँदै उहाँले पर्यटन सम्बद्ध सङ्घसंस्थाले यसलाई अवसरका रुपमा लिँदै दिन सकिने सुविधा प्याकेजका लागि तयार हुनुपर्ने बताउनुभयो ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले पोखरामा हुने यस किसिमका कार्यक्रमले यहाँको पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डेले अधिवेशनका क्रममा आउने प्रतिनिधिलाई सङ्घ आबद्ध पर्यटक यातायातमा २० प्रतिशतसम्म छुट दिन सकिने धारणा राख्नुभयो ।

उक्त अवसरमा जिल्ला अधिवेशन मूल समारोह समितिका संयोजक डम्बर सिं गुरुङ, सहसंयोजक मिलन थापा, मोतिराज तिमिल्सिना, पूजन शाक्यलगायत पदाधिकारी एवम् सल्लाहकार धु्रव श्रेष्ठ, विमला श्रेष्ठ लगायतले लायन्स अधिवेशनका सम्बन्धमा जानकारी गराउनुभयो । पोखरास्थित लायन्स क्लब अफ पोखरा अन्नपूर्णको अगुवाइमा यहाँका अन्य पाँचवटा लायन्स क्लब पोखरा गण्डकी, पोखरा सेती गण्डकी, हेम्जा, पोखरा युनाइटेड चौतारी र पोखरा लेखनाथले पोखराका अन्य क्लबसँगको सहकार्यमा अधिवेशन सम्पन्न गर्न लागिएको मूल आयोजक समितिका संयोजक मधुसूदन कोइरालाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन