बिस्का जात्रासम्बन्धीको एकल फोटो प्रदर्शनी सुरु

साझासवाल
1 Min Read

चैत्र २२, काठमाडौं | भक्तपुरको मध्यपुर थिमीका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको मध्यपुर थिमीमा हुने बिस्का जात्रासम्बन्धीको एकल फोटो प्रदर्शनी मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ ।

प्रदर्शनीमा एक सयभन्दा बढी फोटो राखिएका छन् । प्रदर्शनीमा जात्राको सुरुदेखि अन्त्यसम्मका फोटो राखिएका छन् । त्यहाँ विष्णुवीर देवताको जात्रा, बालकुमारी कुहाँ बिज्याइगू र सिद्धिकाली जात्रा तथा सिन्दूर जात्रा, ३२ खट जात्रा र जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ प्रदर्शनीको संयुक्त रूपमा उद्घाटन गरे ।

कार्यक्रममा फोटो पत्रकार श्रेष्ठले मध्यपुर थिमीमा धूमधामका साथ मनाइने बिस्का जात्राको ऐतिहासिक र सांस्कृतिक पक्षबारे अवगत गराउन प्रदर्शनी आयोजना गरिएको बताए । उनले आफूले खिचेका फोटोको प्रदर्शनी गरेर जात्राको प्रवर्द्धन गर्न खोजेको जनाए ।

Share This Article
Leave a Comment

Leave a Reply