पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख २३, काठमाडौँ | विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको १५ नेपालीसहित कम्तीमा २६ जनाले आरोहण गरेका छन् । बिहीबार उनीहरूले कञ्चनजङ्घाको आरोहण गरेका हुन् ।

पायोनियर एडभेन्चर प्रालिका महाप्रबन्धक निभेष कार्कीका अनुसार, बाटो बनाउँदै संखुवासभाका मिङ्मा दोर्जी शेर्पा र सानु शेर्पा दिउँसो ४ बजेर ५२ मिनेटमा शिखरमा पुगेका थिए ।

उनीहरु पछि पायोनियरका १२ नेपाली शेर्पा गाइड र ८ जना विदेशी तथा अर्को कम्पनी सभेन समिट ट्रेक्सका तीन नेपाली र तीन विदेशी गरी कम्तीमा २६ जनाले कञ्चनजंघा आरोहण गरेको कम्पनीहरूले आफ्नो इन्स्टाग्राममार्फत सार्वजनिक गरेका छन् ।

पाओनियरबाट नेपाली महिला आरोही पासाङ ल्हामु शेर्पा अकितासहित ११ पुरुष छन् भने सेभेन समिटबाट फोटो पत्रकार पूर्णिमा श्रेष्ठसहित दुई पुरुष आरोही छन् ।