काठमाडौं । युवा गीतकार दिप दर्पनको पहिलो गीती एल्बम ‘दर्पण’ सार्वजनिक भएको छ ।  बिहिवार काठमाडौंको प्रज्ञापतिष्ठानमा एक कार्यक्रम गरि एल्बम सार्वजनिक गरिएको हो  । ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

काठमाडौं । युवा गीतकार दिप दर्पनको पहिलो गीती एल्बम ‘दर्पण’ सार्वजनिक भएको छ ।  बिहिवार काठमाडौंको प्रज्ञापतिष्ठानमा एक कार्यक्रम गरि एल्बम सार्वजनिक गरिएको हो  । ए"/>

2026-09-18 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिप दर्पनको ‘दर्पण’ सार्वजनिक

काठमाडौं । युवा गीतकार दिप दर्पनको पहिलो गीती एल्बम ‘दर्पण’ सार्वजनिक भएको छ ।  बिहिवार काठमाडौंको प्रज्ञापतिष्ठानमा एक कार्यक्रम गरि एल्बम सार्वजनिक गरिएको हो  । एल्बमको सावर्जनिक बरिष्ठ गीतकार एवं कवि दिनेश अधिकारीले गरे ।

एल्बममा सात वटा आधुनिक गीत समावेश छन् । एल्बमको पहिलो गीत ‘मैले भन्दा माया गर्ने’ हो जसमा अन्जु पन्तको स्वर छ भने राजकुमार बगरले संगीत दिएका छन् । दोस्रो गीत ‘फुल्नु भन्दा त’ मा स्वर प्रमोद खरेलको छ भने संगीत राजकुमार बगरकै हो । यो गीतको म्युजिक भिडियो समेत तयार पारिएको छ । यसलाई संगीत बस्यालले निर्देशन गरेका हुन् । तेस्रो गीत ‘तिमी जुन दिन टाढा’मा रजिना रिमालले स्वर दिएकी छिन भने संगीत राजकुमार बगरकै छ ।

त्यस्तै चौथो गीत ‘मेरो आँसुँग’ मा दिपक लिम्बुको स्वर छ भने सन्तोष श्रेष्ठको संगीत छ । पाँचौं गीत ‘मेरो आँसु झर्दा’ मा माण्डवी त्रिपाठीको स्वर छ भने संगीत सन्तोष श्रेष्ठकै छ । छैटौं गीत ‘लालि गुराँस सुनाखरी’ मा अंकित न्यौपानेको स्वर रहेको छ भने हरि  डाँगीले संगीत दिएका छन् । र, सातौं गीत ‘फुल्नु भन्दा त’मा श्रेयशी चेम्जोङको स्वर छ भने राजकुमार बगरको संगीत रहेको छ । यसको पनि म्युजिक भिडियो निर्माण गरिएको छ ।

एल्बम बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत बिन्ध्यावासिनी फाण्डेसन फार्मत अनाश र असहाय बच्चाहरुको सहयोगार्थ उपलब्ध गराईने छ । एल्बमको बजार प्रवद्धन बिन्ध्यावासिनी म्युजिकले गर्ने छ ।

कार्यक्रममा बिभिन्न गीत–संगीत क्षेत्रमा रुची राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई