Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

स्वास्थ्य परिक्षणमा पैसा खुवाएर विदेश जाँदा यस्तो हालत (भिडियो सहित)

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

टोकियो । बैदेशिक रोजगारी, नेपालीको आम समस्या भईसकेको छ ।देशमा रोजगारीको उपयुक्त वातावरण नहुँदा दैनिक विदेश जानेको शंख्या बढ्ने गरेको छ त्यसमा पनि बिभिन्न कारण बिदेशमा नेपालीहरुले ज्याननै गुमाउनु परेको घटना पनि आईरहेका छन् ।

यस्तै घटनामा आधारित रहेर जापानमा बस्ने युवाहरुले एउटा छोटो चलचित्र निर्माण गरेका छन् । जापानमा छायाँकन गरेर निर्माण गरिएको उक्त चलचित्र 'चेक पोष्ट' मा वर्किगं भिषामा जापान आउने नेपाली युवाको कथा देखाइएको छ । जो स्वास्थ्यमा समस्या छ  भन्ने जान्दा-जाँदै पनि पैसा खुवाएर जापान पुगेको हुन्छ ।

सञ्चारकर्मी मुक्ति सुबेदिको मुख्य अभिनय रहेको चेकपोष्टलाई ओम प्रकाश गुरुङले निर्देशन तथा छायाँकन गरेका छन् । चलचित्रमा पैसाको लागि स्वास्थ्यमा खेलवाड नगरौं भन्ने सन्देश दिन खोजेको कलाकार मुक्ति सुवेदीले जानकारी दिएका छन् ।

नेपालमा कुनै देश जाने भनेपछि पैसा तिरेर भएपनि स्वास्थ्यको वेवास्ता गरि कागजात मिलाउने अनि बिदेश गएर पनि नियमीत स्वास्थ्य परिक्षण नगर्ने गर्दा परिवारको भरोसा र आफ्नै सपना साँचिरहेका युवाहरुको अकालमा निधन हुने क्रम बढेको भन्दै कलाकार सुवेदीले यसमा सचेत बनौं भन्ने सन्देश दिने सानो प्रयास गरिएको बताए । उनको अनुसार पछिल्लो समय करिव ७० हजार नेपालीहरु रहेको जापानमा नेपालीहरुको स्वास्थ्य समस्यामा पर्ने क्रम बढ्नुका साथै नियमीत स्वास्थ्य परिक्षण नगर्ने एवं नेपालबाट आउँदा समेत गलत कागजात बनाएर आउने गरेका कारण समस्यामा पर्ने गरेका घटनाहरु बढ्दै गएका छन् ।

चलचित्रमा मुक्तिबाबुसँगै बिक्रम अर्याल, सुरेश रेग्मिको अभिनय रहेको छ । चलचित्रमा ईश्वरी कँडेल, कासी गुरुगं, चेतन अर्याल, लाल शोभा गुरुगं सहित जापानी नागरिक ओता केन्जिको पनि अभिनय देख्न सकिन्छ ।

चलचित्रको कथा सुरेश रेग्मिले लेखेका हुन् ।

हाल यो छोटो चलचित्र युट्युवबाट पनि हेर्न सकिन्छ: