कात्तिक ३०, काठमाडौँ | लोक दोहोरी क्षेत्रमा पशुपति शर्मा र मञ्जु पौडेल लोकप्रिय नाम हो । उनीहरुले गाएका दर्जनौँ गीत दर्शकको मनमा कहिल्यै नमेटिने गरी दर्ज भएका छन् ।

समय सापेक्ष विषयलाई समेटेर गीत लेख्ने र गाउने उनीहरु मिलेर एउटा चुनावी गीत सार्वजनिक गरेका छन् । सार्वजनिक गीतले कुनै एक नेता वा पार्टीको मात्र नभई जनताको आवाज बोलेको छ । चुनाव नजिकिँदै गर्दा पशुपति शर्माले मतदाता शिक्षाको काम गर्ने प्रकारको गीत लेखेर सार्वजनिक गरेका हन् । चिल्ला कुरा गरेर मत कुम्ल्याउने नेतालाई व्यंग्य गर्दै उनीहरुले गीत मार्फत जनतालाई सचेत हुन आग्रह गरेका छन् ।

गतिलो मान्छे छान्न नसके देश दुरावस्थातर्फ धकेलिने सन्देश गीतमा छ । कुनै पार्टी वा नेताले नभई चुनावमा जनताको जित हुने पर्नेमा उनीहरुको जोड छ । हेर्नुहोस्, भोट दिनु अघि हेर्नै पर्ने गीत ।

पशुपति शर्मा र मञ्जु पौडेलले हात जोडेर भोट मागे तर कसका लागि ?
Leave a Comment