2026-09-18 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टंकले छोरालाई साँचेको गीत दर्जीले गाए, युटुवमा सबैभन्दा पहिलो ट्रेन्डमा (भिडियो सहित)

वैशाख २७, काठमाडौँ | पछील्लो समय निकै चर्चामा रहेका बाल प्रतिभाशाली गायक अशोक दर्जीले गाएको पहिलो गीत ‘मन बिनाको धन’ यूट्यूवमा पहिलो ट्रेन्डमा छ । अपलोड भएको २४ घण्टामै ७ लाख भन्दा बढीले यो गीत हेरिसकेका छन् । 

युटुबमा स्रोताहरुले दिएको प्रतिक्रियाहरुले पनि बताउँछ कि साच्चै दर्जीको स्वरमा जादु नै छ । “अशोक दर्जी” सबैको मन मुटुमा बस्न सफल एक  प्रतिभा आजबाट हजुरहरुको जिम्मा  लगाएका छौं  माया गर्नु होला है । हजुरहरुको लाइक सेयर कमेन्ट महत्वपुर्ण  हुनेछ । भन्दै युटुबमा बुधबारमात्र अपलोड भएको यो गीत निकै धेरैको मनमा बस्न सफल भईसकेको छ । दर्शकहरुले प्रतिक्रियामा दर्जी संगियो गायक टंकलाई पनि बिशेष धन्यवाद दिएका छन् । प्रतिक्रियामा कमल बुढाले लेखेका छन् – ‘धन्यवाद टंक बुधाथोकीज्यु हजुरलाई, जसले यी बच्चाको प्रतिभाको कदर गर्नुभयो, सबैले माया गरिदिनु होला र अर्को यो गीत नआउदै रेकर्डिङ स्टुडियो बाट भिडियो बनाएर अशोक दर्जिको पहिलो गीत भनेर प्रचार गर्नेलाई कार्बाही गरियोस् ।’ 

गीतमा शब्दहरु बिराज नेपालका हुन् । जुन गीत धेरै वर्षअगाडि टंकले पाएका थिए । टंकले यो गीत रेकर्ड नगरी आफ्नो छोराका लागि भनेर साँचेर राखेका थिए । तर उनले छोरालाई साँचेर राखेको उक्त गीत अशोक दर्जीलाई दिएर न्याय गरेका छन् ।

गायक टंकले आफ्नो ५ बर्षीय छोरा एआर बुढाथोकीलाई गायक बनाउन निकै मेहनत गरेका छन् । साथै उनले आफ्नो छोरालाई आफुले गाएका केहि गीतहरुमा समेत गाउन लगाएर चर्चामा ल्याईसकेका छन् । डिजे रुपकले अशोकलाई झापाबाट काठमाडौं ल्याएर टंकको जिम्मा लगाएका थिए । लगत्तै अशोक युटुवमा चर्चित बनेका थिए । 

तश्विरमा: गायक टंक बुढाथोकीका छोरा एआर बुढाथोकी । युटूवमा एआर बुढाथोकी खोजेर उनले गाएका केहि गीतहरु सुन्न सकिन्छ । 

अक्षर समेत नचिन्ने, संगीतको सुर ताल समेत नजान्ने अशोकलाई गायक टंकले केहि समयमै गायक बनाइदिए । जसमा अशोकको प्रतिभाले ठूलो महत्व खेल्यो । अरुको गीतलाई टपक्कै टिपेर अझै उत्कृष्ट गाउन प्रयत्न गर्ने अशोकको पहिलो गीत अझै चर्चाको शिखरमा पुग्ने स्पष्ट छ । 

गायनसँगै टंकले अशोकलाई बिशेष पढाईमा केन्द्रित गराउनेछन् ।

झापाको दमकमा रहेको बेलडाँगी शरणार्थी शिविरमा गीत गाएर आफ्नो अनि परिवारका लागी जिविको पार्जनका लागी पैसा संकलन गर्दै आएका उनी जम्मा भएको पैसाले परिवारमा नुन, तेल, चामल जस्ता खाद्यान्न खरिद गर्थे । केही महिना अघिसम्म झापाको केही शहरहरुमा मात्रै सिमित रहेको उनको प्रतिभाले यतिबेला देशमा मात्र नभर बिदेशमा रहेका नेपालीहरुको पनि मन जित्न सफल भएको छ । २ कक्षा सम्म मात्रै अध्यन गरेका उनले आर्थिक अवस्था नाजुक भएका कारणले गर्दा नै स्कुल जान छोडेका थिए । उनका बुबा आमा अरुको घरमा काम गर्ने गर्छन् । यति राम्रो प्रतिभा भएर पनि भएर पनि गरीब भएकै कारण उनले आफनो प्रतिभाको सहि सदुपयोग गर्न सकेका थिएनन्। तर अब टंकको साथ पाएपछि उनले आफ्नो सुनौलो भविष्य पाएका छन् ।  

हेर्नुहोस् अशोक दर्जीको पहिलो गीत: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई