2026-07-11 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हजारौ नेपाली नारी हामी, श्रीमान बिदेसमा हुनुन्छ कसरी हेर्नु यस्तो’ (भिडियो सहित)

जेठ ५, काठमाडौँ | नेपाली लोकगीत गायनमा पछिल्लो पटक चर्चित गायक प्रकाश सपुतको पछिल्लो गीत सार्वजनिक गरेको जुन गीतको भिडियो हेरेर अधिकांशले रोएको भन्दै प्रतिक्रिया गरेका छन्, त्यसैमा एकजनाले त यस्तो गीत नगाउन भन्न्दै प्रकाश सपुतलाईनै आग्रह गरेकि छन् । उनले प्रतिक्रियामा लेखेकी छन् – 'म त भन्छु अब पछीका दिनहरुमा यस्तो गितको सब्द-सिर्जना नगर्नुस, हजारौ नेपाली नारी हामी.. श्रीमान बिदेसमा हुनुन्छ, कसरी हेर्नु.. मन नै छिया छिया भयो.., म त हेर्न सकिन .. डाँको छोडेर रोएँ ।' 

त्यस्तै अर्का एक जनाले भेनका छन् – 'यो गितको शब्द लेख्नेलाई जेल सजाय होस, लय बनाउनेलाई पनि र गितमा आवाज भर्ने गायक प्रकाश सपुत र गायिका शान्ति श्रि परियारलाई नजरबन्धमा राखियोस, लाखौ प्रवाशि तथा घरवाशिको अमुल्य आशु त्यसै रुवाएर झार्न पाइन्छ र ? यस्तो गित पहिलो पल्ट सुने जसले मुटुको कुनामा चिसो हावाले छुदै आखाको डिलमा सितको थोपा बगाइ दिन्छ । धेरै मर्मस्पर्शि गित रहेको छ, पश्चिमि लोक संस्कृति लाई प्राथमिकता दिएर गाउने लोक गायक गायिकाहरुलाई सुझाव दिन चाहान्छु, एक महिना होइन युगौ युग अमर रहने यस्तै गितहरु गाउनुस ।' 

त्यस्तै अर्को प्रतिक्रियाबाट पनि यो गीतको भावना र कथा वस्तुलाई उजागर गर्छ, प्रतिक्रियामा भनिएको छ- 'भिडीयो कन्सेप्ट अति ऊत्कृष्ट, ३ घण्टा लामो चलचित्रमा भन्दा यति छोटो गीतमा सबैको आँखामा आँशु बनाऊन सक्नु आफैमा ठुलो कुरा हो । म लोकदोहोरी खास सुन्ने मान्छे हैन तर केहि बर्षदेखी प्रकाश सपुतको हर कृयाकलापहरु नियाल्ने गर्छु, किन कि यी युवामा एउटा बिछट्टैको प्रतिभा छ । अति ऊत्कृष्ट रचना अनी हाम्रो गायिकाको कामको पनी खुलेरै प्रशंशा गर्छु … ।'  

गायक प्रकाश सपुतको प्रस्तुतिमा परदेशीको वास्तविक पिडा समेटिएको यस गित “ बोल मायाँ …” हालै मात्र सार्वजनिक भएको गित हो । लाखौँ नेपालीहरु परदेशमा भएको अवस्थामा यो गीतले सफलता पाउने विश्वास गर्न सकिन्छ । गीत मार्मिक मात्र नभई यसमा देखाउन खोजिएको दृश्य अझै भयानक छ, गितमा गायिकाले रुँदैझैं भान हुनेगरी गायकी प्रस्तुत गर्दा गीत अझै उत्कृष्ट बनेको छ ।  गीतले बैदेशिक रोजगारीमा जानुको पीडा र त्यसले दिएको पिडालाई हुबहु पस्कने प्रयास भएको छ । यस गीतमा नारायण रायमाझी, प्रकाश सपुत र शान्ति श्री परियारको आवाज रहेको छ भने गीतको शब्द संगीत प्रकाश सपुतले नै भरेका छन् ।

प्रकाश सपुतकै निर्देशन रहेको यस भिडियो करन चैसिरले छायाङ्कन गरेका हुन्  भने प्रविण भट्टले सम्पादन गरेका हुन् । भिडियोमा प्रकाश सपुत, अञ्जली अधिकारी देवेन्द्र बव्लु र सितारे गन्दर्भको निकै मन छुने अभिनय हेर्न सकिन्छ ।

भिडियोमा हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट