असार, २८, काठमाडौं । बाल गायक अशोक दर्जी युरोपका बिभिन्न देशहरुमा सांगितीक कार्यक्रमका लागी जाने भएका छन् । गायक तथा संगीतकार टंक बुढाथोकीसँगै उनी केहिसमय पछि सांगितीक प्रस्तुतीका लागी युरोप पुग्ने भएका हुन् ।

झापामा रहेका अशोक युरोप भिषा प्रोसेसकै लागी अहिले काठमाडौं आएका छन् । उनीसँगै उनका बुबा आमा पनि काठमाडौं छन् ।

युरोपका लागी कुरा भएको छ लगभग काम बनिसकेको छ, टंकले भने । उनले सांगीतीक कार्यक्रमकै लागी अमेरिकाबाट पनि कुरा भइरहेको बताए । ‘हामी युरोपको सांगीतीक कार्यक्रम सकेपछि अमेरिकाको लागी प्रोसेस गर्नेछौं’, टंकले भने । यस्तै उनले पछिल्लो समय आफूले अशोक माथि एकाधिकार जमाएको भन्ने हल्लाको बिषयमा पनि प्रष्ट पारेका छन् ।

यस्तै घर बनाउँदा निर्माण संयोजकसँग कुरा नमिलेको भन्ने हल्लालाई पनि प्रष्ट पारेका छन् ।

भिडियो अन्तर्वाता हेर्नुहोस् ।

Related News